PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

महासचिवको परिपत्रले अनेरास्ववियुमा विवाद



रासस

महासचिवको परिपत्रले अनेरास्ववियुमा विवाद

काठमाडौ : महासचिव ऐन महरले निर्णय विपरीत केन्द्रीय सदस्यको कार्यविभाजनको परिपत्र जारी गरेको भन्दै अनेरास्ववियुमा विवाद भएको छ ।

महाधिवेशन भएको नौ महिना भइसक्दा पनि विवादका कारण अझै कार्यविभाजन भएको छैन ।

महासचिव महरले पार्टी परिपत्र र बैठकको निर्णय विपरीत परिपत्र जारी गरेकाले मान्य नभएको भन्दै केही पदधिकारी विरोधमा उत्रिएका हुन्।
सचिव सुदेश पराजुलीले ‘पदाधिकारी बैठकमा एउटा निर्णय भएको तर महासचिवले निर्णयलाई फेरबदल गरेर कार्य विभाजन गरी सर्कुलर पठाएको बताए। सर्कुलर निर्णय विपरीत रहेको उनले बताए।

असन्तुष्ट पक्षले निर्णय सच्चाउन माग गर्दै बिहीबार आफू पक्षीय भेला समेत आयोजना गरेको थियो। अध्यक्ष नवीना लामाले पठाइएको परिपत्रमा केही जिम्मेवारीमा फेरबदल भएकाले सच्चाउनुपर्ने बताए।

उपाध्यक्ष सुनिता बरालले भने सबैको सहमतिमा कार्यविभाजन गरेर परिपत्र जारी गरिएको बताए।

महरले तल्ला तहमा केन्द्रीय सचिव, सचिवालय सदस्य र केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको परिपत्र पठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell