PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

मेडिकल कलेजले दोब्बर पैसा लिएको भन्दै क्रान्तिकारीले लगायो ताला



रासस

काठमाडौँ : सरकारले तोकेकोभन्दा दोब्बर शुल्क लिएर मेडिकल कलेजले विद्यार्थी भर्ना गरेको भन्दै अखिल क्रान्तिकारीले त्रिभुवन विश्वद्यालय उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेको छ ।

त्रिवि र केयूको डीन कार्यालयसँगै एमबिबिएस र बिडिएस अध्ययन हुने नेपालका २७ मेडिकल कलेजमा पनि तालाबन्दी गरेको अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंहले बताए । 

आङ्गिक कलेजलाई विस्तार गर्नुपर्ने, माथेमा आयोगले निर्धारण गरेका मापदण्ड लागू गर्नुपर्ने, सरकारले निर्धारण गरेको रु ३५ लाख शुल्क कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

यसैगरी, विद्यार्थी भर्ना कोटा बढाइनुपर्ने, छात्रावृद्धि कोटा बढाउनुपर्ने तथा नेपाली विद्यार्थी सिट विदेशीलाई र विदेशी सिट नेपालीलाई महँगो शुल्कमा बेच्ने काम बन्द हुनुपर्ने उसको माग छ ।

माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने पनि अध्यक्ष सिंहले बताए । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell