PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

उपल्लो मुस्ताङमा हिमपहिरो, आठ वटा काठेपुल बग्यो, राजमार्ग अवरुद्ध



रासस

उपल्लो मुस्ताङमा हिमपहिरो, आठ वटा काठेपुल बग्यो, राजमार्ग अवरुद्ध

बेनी : मुस्ताङको उपल्लो क्षेत्रको घमी गाविस ढाकरमा आज हिमपहिरोपछि बाढी आउँदा आठवटा काठेपुल बगाएको छ। 

हिमपहिरोका कारण जोमसोम–कोरला राजमार्ग अवरुद्ध बनेको छ। नजिकैको हिमालबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले जानकारी दिनुभयो।
 
घमीलगायत उपल्लो मुस्ताङको छवटा गाविसका बासिन्दा जाडो छल्न बेशी झरेका छन् । त्यहाँ रहेको अस्थायी प्रहरी विटसमेत चर्राङको तल्लो क्षेत्रमा स्थानान्तरण गरिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell