PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

झलनाथले सोधे, कुबेलामा सहनाई किन बजाएको? भने - एक लाख प्रतिशतले संशोधन प्रस्ताव फेल गराउँछौँ



रासस

झलनाथले सोधे, कुबेलामा सहनाई किन बजाएको? भने - एक लाख प्रतिशतले संशोधन प्रस्ताव फेल गराउँछौँ

झापा : नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले संविधान संशोधन गर्ने समय नभएको बताएका छन्। 

आज बिर्तामोडमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए। उनले संविधान संशोधनको मुद्दा उठाएर सरकारले ‘कुबेला सहनाई बजाउने’ काम गरेको धारणा राखे। 

अहिले संसद्मा दर्ता संविधान संशोधनको प्रस्तावमाथि छलफल गर्ने अवसर एमालेले किन नदिएको भनी राखिएको जिज्ञासामा उनले उक्त विषय छलफल गर्न लायक नभएको बताए। 

नेता खनालले भने, “यस्तो राष्ट्रघाती प्रस्ताव संसद्मा योग्य नै थिएन, सरकारले फिर्ता नलिएमा हामी १०० प्रतिशत होइन, एक लाख प्रतिशतले फेल गराउनेछौँ ।” उनले समस्याको निकास निर्वाचन मात्र भएको प्रष्ट पारे । 

लोकमान सिंहमाथिको महाअभियोग प्रस्तावलाई किनारा लगाउनुपर्ने विषयलाई समेत ओझेलमा पारेर सत्ता गठबन्धनले संविधान संशोधनको मुद्दा उठाउनु रहस्यकै विषय भएको उनको टिप्पणी थियो । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell