PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

सञ्चारमन्त्रीले भने : सनसनीपूर्ण समाचारको पछि नलाग्नु



रासस

सञ्चारमन्त्रीले भने : सनसनीपूर्ण समाचारको पछि नलाग्नु

काठमाडौँ :सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सनसनीपूर्ण समाचारको पछि नलाग्न सरकारी सञ्चारमाध्यमलाई निर्देशन दिएका छन्।

सरकारी सञ्चारमाध्यमका कार्यकारी प्रमुख तथा समाचार प्रमुखलाई सूचना तथा सञ्चार मन्त्रालयमा निर्देशन दिँदै कार्कीले निजी क्षेत्रले नसमेटेका र चर्चामा नआएका कृषि, ग्रामीण महिलाका कष्ट, निरक्षरता जस्ता जनसरोकारका विषयलाई प्राथमिकता दिन सुझाव दिए।

उनले मुलुकमा विभाजनकारी काम मात्र धेरै भएको टिप्पणी समेत गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell