PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • कोरियन लगानीमा २१६ मेगावाटको आयोजना अघि बढ्यो

    काठमाडौँ। सरकार र माथिल्लो त्रिशूली १ आयोजना(२१६ मेगावाट)को प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (के वाटर)बीच आयोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षर गरेको छ ।    पिडिएमा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र कम्पनीका प्रतिनिधि बो सिकुवाइबीच हस्ताक्षर भएको हो। आयोजना विकास सम्झौता ऐन, २०४९ को दफा ३५ बमोजिम मन्त्रिपरिषद्बाट स्वीकृत भएको प्रस्तावअनुसार आयोजना विकास सम्झौता सम्पन्न भएको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिन्: विश्वविद्यालयका सम्पत्ति भाडामा नदिनु

    राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिन्: विश्वविद्यालयका सम्पत्ति भाडामा नदिनु

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय र शैक्षिक संस्थाको भौतिक सम्पत्ति निजी क्षेत्रलाई भाडामा लगाउने र गैरसरकारी सङ्घ संस्थालाई उपभोग गर्न दिने काम रोक्न निर्देशन दिएकी छिन्। त्रिविका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहकुलपति एवम् शिक्षामन्त्री धनीराम पौडेल, त्रिविका उपकुलपति तथा पदाधिकारीसँग राष्ट्रपति कार्यालयमा भएको भेटमा उनले शैक्षिक संस्थाको भौतिक सम्पत्ति निजी क्षेत्रलाई भाडामा लगाउने र गैरसरकारी सङ्घ संस्थालाई उपभोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • ​चन्दननाथ मूर्ति चोरी प्रकरण : आधुनिक हतियारसहित दुई पक्राउ

    जुम्ला : गत मङ्सिर ११ गते चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको त्रिमूर्तिसहित २१ मूर्ति चोरी भएलगत्तै तीव्र अपरेसन थालेको नेपाल प्रहरीले आठ थान अत्याधुनिक स्वचालित हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।  प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानमा पटकपटक गरी आठ थान अत्याधुनिक हातहतियार बरामद गरेको हो । बरामद गरिएका हतियार सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने, प्रमुख अनुसन्धान अधिकृत जीवन…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियामा राष्ट्रपतिका लागि नेताको खडेरी, युएनबाट फर्किएपछि बानको सम्भावना बलियो

    दक्षिण कोरियामा राष्ट्रपतिका लागि नेताको खडेरी, युएनबाट फर्किएपछि बानको सम्भावना बलियो

    सोल: संयुक्त राष्ट्र सङ्घमा केही दिनमा पदावधि सकिएपछि महासचिब बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन्।  संयुक्त राष्ट्र सङ्घमा लगातार दुई पटक गरी दश वर्षसम्म महासचिव बनेका मुनले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणले समेत देखाएका छन् ।  सोलको स्थानीय एक सर्वेक्षण संस्थाः रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म…

    विस्तृतमा पढ्नुस्

  • ​निर्माण सामाग्री नहुँदा मोदीखोला आयोजनाको काम प्रभावित

    पर्वत : पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ।   आयोजनाको सुरुङमा कङक्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको हो । आयोजनाको सुरुङ निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार कात्तिक महिनादेखि पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • ​कञ्चनपुरमा हात्ती आतंक, व्यवस्थापन माग गर्दै स्थानीय आन्दोलित

    भीमदत्तनगर : कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जंगली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन्।  सयौँको संख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका पीडितले विरोध ¥यालीको आयोजना समेत गरे । सीमा क्षेत्रका विभिन्न समस्या समाधानको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका पीडितले जंगली हात्तीको कारण किसानमा पर्न गएको समस्या समाधानका लागि पहल गर्न स्थानीय निकायसँग माग…

    विस्तृतमा पढ्नुस्

  • ​पाटन दरबार पुरानै स्वरुपमा बन्ने, यसरी हुँदैछ पुनर्निर्माण

    ललितपुर : पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ र अन्य सामग्री प्रयोग हुने भएको छ।  भूकम्पपछिको पुनर्निर्माणका क्रममा पुरातात्विक महत्व कम हुन नदिन प्रयोग गर्न सकिने काठका कलात्मक भागलाई पुनः प्रयोग गर्न लागिएको हो । काठसँगै झिङ्गटी, इँटालगायतको सामग्रीे पुनः प्रयोग गर्न सकिने पाटन स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयले बताएको छ । कार्यालयका प्रमुख काजी प्याकुरेलले…

    विस्तृतमा पढ्नुस्

  • उत्तरी जापानमा भीषण हिमपात, हवाइ तथा रेलसेवा अवरुद्ध

    टोकियो : उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताएका छन्।    उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको न्यु चिटोसे विमानस्थलका सयौँ उडान हिमपातका कारण स्थगित भएका छन् विमानस्थलका सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • शिलान्यासको ६ वर्षमा पनि बनेन पुल

    पाल्पा : कालीगण्डकी नदीको प्याक्लुकघाटमा निर्माण गर्न लागिएको रामपुर दामाचौर मोटरेबल पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ।  पाल्पाको रामपुर नगरपालिका–९ र स्याङ्जाको चापाकोट नगरपालिका–४ जोड्ने रामपुर दामाचौर मोटरेबल पुलको डिजाइन परिवर्तनका लागि मन्त्रालयले अनुमति स्वीकृित नगरेका कारणबीचमै रोकिएको हो । इलाइट एस बिए जेभी कम्पनीले आव २०६७÷०६८ मा रु १५ करोड ६८ लाखको लागतमा तीन वर्षमा निर्माण कार्य सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • ​सिन्धुपाल्चोकमा मानव अधिकार हननका घटना घटे

    मेलम्ची : सिन्धुपाल्चोक जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार हननका घटनामा कमी आएको छ । गत वर्ष ६५ वटा मानव अधिकार हननका घटना भएका थिए भने यस वर्ष २६ वटा घटना घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ।  गैरराज्यतर्फबाट २५ र साङ्गठानिक समूहबाट भएको एउटा गरी यस वर्ष जिल्लामा २६ मानव अधिकारसम्बन्धी घटना घटेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।  सार्वजानिक गरेको…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य संस्थामा औषधि नहुँदा बिरामी मर्कामा

    कञ्चनपुर : औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो ।  औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो हात फर्काउन थालेका छन् । खरिद प्रक्रिया रोकिँदा औषधि आपूर्तिमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका स्टोरकिपर पदमराज जोशीले बताए । ‘‘सिटामोल, मेट्रो,…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट ल्याइने विद्युत राजधानी भित्र्याउन समस्या, यस्ता छन् कारण

    भारतबाट ल्याइने विद्युत राजधानी भित्र्याउन समस्या, यस्ता छन् कारण

    काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरे पनि तत्काल काठमाडौँ उपत्यकामा ल्याउन समस्या हुने बताएको छ।   निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारण लाइन र हेटौँडा–स्यूचाटार प्रसारण लाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भए पनि काठमाडौँ ल्याउन समस्या हुने भएको हो।   भारतबाट आयात हुने थप विद्युत् हेटौँडासम्म ल्याइने र पश्चिम र राजधानी नजिकका आयोजनाबाट…

    विस्तृतमा पढ्नुस्

  • कुलमानले भने - लोडसेडिङ हटाएको सहन नसक्ने तत्व सिस्टम बिगार्न लागिपरेका छन्

    कुलमानले भने - लोडसेडिङ हटाएको सहन नसक्ने तत्व सिस्टम बिगार्न लागिपरेका छन्

    काठमाडौँ : काठमाडौँ उपत्यका लोडसेडिङ मुक्त गरिएपछि नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा चुनौती थपिएको छ।  प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले  नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई आज सम्बोधन गर्दै लोडसेडिङ अन्त्य भएको सहन गर्न नसक्ने केही तत्व सिस्टम बिगार्न लागिपरेको सूचना आफूलाई प्राप्त भएको बताए।   काठमाडौँ उपत्यकामा हटाइएको लोडसेडिङलाई मुलुकभर नै विस्तार गर्ने योजनामा प्राधिकरण लागिपरेको…

    विस्तृतमा पढ्नुस्

  • ​संसद अवरोध खुलाउन कांग्रेस र माओवादी केन्द्र नै जिम्मेवार भएनन् – अनिल झा

    ​संसद अवरोध खुलाउन कांग्रेस र माओवादी केन्द्र नै जिम्मेवार भएनन् – अनिल झा

    पर्सा : नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले अवरुद्ध संसद् सञ्चालन गरी मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लाई आग्रह गरेका छन्।  एमाले सरकारमा रहेकै बेला तयार पारेको संशोधन प्रस्तावलाई वर्तमान सरकारले संसद्मा दर्ता गर्दा सोको विरोधमा संसद् अवरुद्ध पारी मुलुकलाई असहज परिस्थितितर्फ डोहोर्‍याउने काम एमालेले गरेको उनको भनाई थियो। अवरुद्ध संसद्लाई सञ्चालन गरी मुलुकलाई राजनीतिक निकास दिन एमालेलाई झाले…

    विस्तृतमा पढ्नुस्

  • बोटे र थारु समुदायले चलाएको होमस्टेमा पर्यटक थपिए, सांस्कृतिक झाँकी आकर्षण

    नवलपरासी :  अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन्। बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका ती होमस्टेमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढ्दै गएको छ।   पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रविन्दु बनाई तीन वर्षअघि होमस्टे सञ्चालनमा आएको हो। यहाँ भारत, अमेरिका, फ्रान्स, स्विडेन,…

    विस्तृतमा पढ्नुस्

  • कसले मार्‍यो गोदावरीमा २४ गाईगोरु? प्रहरी भन्छ- १४ गाई मरणासन्न अवस्थामा छन्

    कसले मार्‍यो गोदावरीमा २४ गाईगोरु? प्रहरी भन्छ- १४ गाई मरणासन्न अवस्थामा छन्

    धनगढी : धनगढी-डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउछाउमा ठूलो सङ्ख्यामा गाईगोरु मरेको अवस्थामा फेला परेका छन्।   चुरे पहाडसँग जोडिएको यो सडक खण्डको छेउछाउ र भीरमा यत्रतत्र छरिएर मरेको अवस्थामा ती गाईगोरी फेला परेका हुन्। यी चौपाया कसले किन मारेर फालेको हो भन्नेमा यकिन हुन नसकेको कैलालीका प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीले बताए।   उक्त क्षेत्रमा १३ वटा गोरु र…

    विस्तृतमा पढ्नुस्

  • जलवायु परिवर्तनको असर : १२ वर्षमा ४ प्रतिशतभन्दा बढी पखालाका रोगी बढे

    काठमाडौँ : नेपालमा जलवायुमा आएको परिवर्तनले पछिल्लो १२ वर्षमा पखालाका बिरामी बढेको अनुसन्धानले देखाएको छ।   सन् २००२ देखि २०१४ सम्म जलवायु परिवर्तन र पखालाको प्रवृत्ति तुलना गरेर हेर्दा ४.३९ प्रतिशतले यो रोग बढेको देखाएको हो। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले ६ महिना लगाएर ७५ जिल्लामा गरेको अनुसन्धानमा दूषित पानीका कारणले पनि यसलाई बढाइरहेको देखिएको छ।   परिषद्का सदस्य सचिव डा.…

    विस्तृतमा पढ्नुस्

  • तातोपानीको सडक खुल्यो, २१ महिनादेखि बन्द नाका खुलेन

    तातोपानीको सडक खुल्यो, २१ महिनादेखि बन्द नाका खुलेन

    चौतारा : भूकम्पपछि सुक्खा पहिरो गएर तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्डमा यातायात चल्न थालेका छन्। अवरुद्ध भएको सडक सञ्चालनमा आए पनि भुकम्प लगत्तै बन्द रहेको नाका भने खुलेको छैन। नाका २१ महिनादेखि बन्द छ। प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार चिनियाँ पक्षले भौगर्भिक अध्ययन टोली खटाएको र टोलीले मानव बस्ती बसाउन सकिने भनी प्रतिवेदन दिएपछि मात्र नाका…

    विस्तृतमा पढ्नुस्

  • आठ अस्पतालले अनुमतीनै नलिई ल्याए विकिरण उत्पादन गर्ने उपकरण : स्वास्थ्यले गर्यो सिलबन्दी

    आठ अस्पतालले अनुमतीनै नलिई ल्याए विकिरण उत्पादन गर्ने उपकरण : स्वास्थ्यले गर्यो सिलबन्दी

    काठमाडौं : आठ वटा अस्पतालले अनुमति नलिइ मानव स्वास्थ्य तथा वातावरणमा असर गर्ने रेडियोधर्मी विकिरण उत्पादन गर्ने पुराना मेडिकल उपकरण ल्याएको खुलेपछी स्वास्थ्य मन्त्रालयले उपकरण सिलबन्दी गरेको छ । अनुगमनमा रेडियोधर्मी विकिरण उत्पादन गर्ने पुराना मेडिकल उपकरण अनुमति नलिई अस्पतालले आयात गरेको खुलेपछि उपकरण सिलबन्दी गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी अनुगमनका लागि स्वास्थ्य मन्त्रालयले वरिष्ठ जनस्वास्थ्य प्रशासक…

    विस्तृतमा पढ्नुस्

  • ​विवाहको पार्टीमा रुख ढल्दा एकको मृत्यु, पाँच घाइते

    ​विवाहको पार्टीमा रुख ढल्दा एकको मृत्यु, पाँच घाइते

     क्यालिफोर्निया : क्यालिर्फोनियाको विटिएर सहरमा शनिबार भइरहेको विवाह पार्टीमा एक भीषण रुख ढल्दा कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका लस एन्जेलस काउन्टी अग्नी नियन्त्रण विभागले जानकारी दिएको छ।  शनिबार अपराह्नमा भएको यस घटनामा परी घाइते भएका दुई व्यक्तिको अवस्था गम्भीर छ ।  अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ ।  अग्नी नियन्त्रण अधिकारीहरूले यस घटना स्थलमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell