वीरगन्ज : मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग गरेका छन्। विगत वर्षमा हिउँदको समयमा विद्युत्को अभावमा आधा क्षमतामा मात्रै उद्योग व्यवसाय चलाउँदै आएका उद्योगी व्यवसायीले यसवर्ष भने दैनिक २० घन्टा विद्युत् पाएका छन् तर भोल्टेजको समस्याका कारण हैरानी खेप्नुपरेको भन्दै उनीहरुले सो समस्या समाधान गर्न आग्रह गरेका छन्। …
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले माघेसङ्क्रान्तिका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा जलपानको आयोजना गरिन्। समारोहमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, पूर्व उपराष्ट्रपति परमानन्द झा, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुखद्वय सुवास नेम्वाङ र दमननाथ ढुङ्गाना, मन्त्री तथा सांसदहरुको सहभागिता थियो । यस्तै नेकपा…
रत्ननगर (चितवन) : नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। नक्कली जग्गाधनी बनेर कीर्ते गर्ने मध्येका मुख्य व्यक्ति…
काठमाडौँ : भूकम्पपीडित लाभग्राहीको स्थलगत सर्वेक्षण र प्रमाणीकरण माघ मसान्तमा सक्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय गुनासो सुनुवाइ समितिले निर्णय गरेको छ। समितिको बसेको बैठकले सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई यससम्बन्धी जिम्मेवारी दिने निर्णय गरेको प्राधिकरणका सह–प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए। 'समितिमा आएका लाभग्राहीमा पर्ने १८ हजार ५००, गैरलाभग्राहीमा पर्ने ३० हजार ९२५, स्थलगत सर्वेक्षण गर्नुपर्ने…
उर्लाबारी (मोरङ) : मोरङको मधुमल्लास्थित नुनसरी बक्राहा खोला नियन्त्रणका लागि स्थानीयवासी स्रोत जुटाएर आफैँ काममा जुटेका छन्। खोलाले बाँध फुटाएर गाउँमा पसेपछि सरकारले खोला नियन्त्रणको आश्वासन दिए पनि काम तदारुकता नदेखाएकाले स्थानीयवासी आफै नियन्त्रणमा जुटेका हुन्। गत असार मा बक्राहा खोलाले बाँध फुटाएर गाउँ पस्दा मधुमल्लाका ४, ५ ,६, ७ र ८ वडाका सयौँ घरपरिवार घरबारविहीन हुनुका साथै दुईजनाको…
रत्ननगर (चितवन) : हरेक दिन नियमित १०:३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर भोलि एकदिन खुला रहने भएको छ। यहाँ आज साँझदेखि भोलि दिनभर मेला लाग्छ। मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर भोलि माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ। सो सडकको…
फलेवास (पर्वत) : कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ। प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनको नियन्त्रण गर्न सकेको छैन। दैनिकजसो नदी गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ। पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा…
कान्दाहार (अफगानिस्तान) : अफगानिस्तानको सहरहरूमा मङ्गलबार भएका बमबारीमा परी संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ व्यक्तिको मृत्यु भएको छ। दक्षिणी कान्दाहारमा रहेको एक सरकारी कार्यालय परिसरका एक सोफामा लुकाएर राखेको बम विस्फोट हुँदा १२ व्यक्तिको मृत्यु भएको थियो । तीमध्ये पाँच जना भने संयुक्त अरब इमिरेट्सका अधिकारी रहेका बताइएको छ । यस आक्रमणमा परी कान्दाहार प्रान्तका उप गभर्नर अब्दुल शाम्सीको…
साना : यमनमा जारी युद्धको कारण करिब एक हजार चार सय बालबालिकाले ज्यान गुमाउनुका साथै अन्य सयौँ बालबालिका घाइते भएका छन्। त्यसैगरी यस युद्धका कारण कैयौँ विद्यालय बन्द भएको संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ) ले बुधबार जानकारी दिएको छ। यमनमा जारी द्वन्द्वको क्रम सर्वसाधारणको बस्ती इलाकामा भएको आक्रमणमा परी सयौँ बालबालिकाको मृत्यु भएको यमनका लागि युनिसेफका प्रतिनिधि मेरितसेली रेलानोले…
भक्तपुर : कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज यहाँ आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गरे। परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा जिल्लाका लागि दुई करोड ९५ लाखको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि सुरु भई…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अबको १० दिनमै निर्वाचनको मिति घोषणा गरिने बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा आज उनले निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने बताए। “संशोधन विधेयक पारित भएपछि मात्र अहिलेको राजनीतिक समस्या हल हुन्छ, आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने सरकारको तयारी छ” उनले भने। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका…
काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध रहेको बताएका छन्। एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को यहाँ आज लोकार्पण गर्दै उनले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए। अध्यक्ष ओलीले भने – “मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो,…
काठमाडौँ : संयुक्त लोेकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धनको बैठकले संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पु¥याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न सरकारलाई आग्रह गरेको संयोजक उपेन्द्र यादवले जानकारी दिए। बैठकले गतिरोध…
भक्तपुर : भक्तपुर तलेजु मन्दिर परिसरमा आज दिउँसो आगलागी भएको छ । विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको ¥याक र भाँडा जलेको सुवाल घरका नाइके पूण्यराम सुवालले जानकारी दिए। मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा दिउँसो अचानक आगलागी भएपछि नेपाली सेना , नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले…
काठमाडौँ : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत भोलि बिहीबारदेखि सुरु हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको…
बर्लिन : जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको ८२ वर्षको उमेरमा मंगलवार निधन भएको छ । सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति रहनु भएका हर्सोगले आफ्नो कार्यकालमा आर्थिक सुधारका कार्यक्रमहरु लागू गरी जर्मनीलाई आर्थिक रुपमा समुन्नत तुल्याउन ठूलो योगदान दिएका थिए। उनी जर्मनीको इतिहासमा नाजीहरुद्वारा गरिएको आमनरसंहारलाई स्मरण गरी त्यसबाट ठूलो पाठ सिक्नुपर्ने र सदैव मुलुकलाई शान्तिको मार्गमा लैजानुपर्ने धारणाका प्रखर हिमायति…
लुम्बिनी : ग्यास उद्योगले आफूलाई दिँदै आएको सहुलियत दर घटाएको भन्दै यहाँका ग्यास बिक्रेताले आन्दोलन गरेपछि उपभोक्ता मारमा परेका छन्। बिक्रेताको आन्दोलनका कारण ग्यासको अभाव भएको छ। नेपाल आयल निगमले तराई र पहाडी जिल्लाको मूल्यमा एक रुपता ल्याउने गरी मूल्य निर्धारण गरेपछि बिक्रेता उद्योगले सहुलियत रकम घटाएको भन्दै आन्दोलन थालेका हुन्। आयल निगमले गत पुस १९ गते राति…
खार्तुम : अमेरिकामा अब बन्न लागेको डोनाल्ड ट्रम्पको सरकारसँग नीतिगत सुधारका लागि सुडानले आग्रह गरेको छ। सुडानमाथि संयुक्त राज्य अमेरिकाले लगाएको नाकाबन्दी पनि अब बन्ने नयाँ सरकारले हटाइदिने अपेक्षा आफूहरुले गरेको जानकारी पनि सुडानको सरकारले दिएको छ। हामीले अमेरिकामा अब बन्ने नयाँ सरकारसँग बिभिन्न अपेक्षा गरेका छौँ र यो सरकारको समयमा सुडान अमेरिका सम्बन्धमा नयाँपनको अपेक्षा हामीले गरेका छौँ, सुडानका…
काठमाडौँ : उच्च अदालतका लागि ८२ जना न्यायाधीशको नियुक्ति लागि सिफारिस गर्नका लागि बसेको न्याय परिषदको आजको बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले केही प्राविधिक काम बाँकी रहेको हुँदा बिहीबार बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए। प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशको नियुक्तिको लागि टुङ्गो लगाउने भनिएता पनि सो हुन…
वासिङ्टन : अमेरिकी राष्ट्रपतिले आफ्नो पदिय हैसियतमा गर्ने नियमित कामलाई मङ्गलबारदेखि बन्द गर्दैछन्। । आठ वर्ष पहिले राष्ट्रपतिमा नियुक्त भएपछि आफू हुर्केको सिकागो शहरमा पुगेर राष्ट्रपतिको पदीय जिम्मेवारी सम्हाल्ने घोषणा गरे जस्तै शैलीमा आफ्नो कार्यकालबाट विदा लिन लागेको कुरालाई आफ्ना समर्थकमाझ सार्वजनिकरुपमा घोषणा गर्दैछन्। राष्ट्रपति ओबामा विशेष विमानमार्फत सिकागोमा गई डोनाल्ड ट्रम्पको ‘अनपेक्षित’ विजयबाट निराश बनेका अफ्रिकी मूलका अमेरिकीसहित सम्पूर्ण…