PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

​१० दिनभित्रै चुनावको मिति घोषणा हुन्छ : प्रमका सल्लाहकार



रासस

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अबको १० दिनमै निर्वाचनको मिति घोषणा गरिने बताएका छन्।
 
रिपोर्टर्स क्लबको साक्षात्कारमा आज उनले निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने बताए। “संशोधन विधेयक पारित भएपछि मात्र अहिलेको राजनीतिक समस्या हल हुन्छ, आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने सरकारको तयारी छ” उनले भने।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले निर्वाचन गराउने हल्ला मात्र गरेको तर निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाए। पहिले वैशाखमै चुनाव गराउने जिकिर गरिँदै आए पनि त्यसको सम्भावना नदेखेपछि अब जेठको नारा लगाइएको दोषारोपण उनले गरे। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell