खार्तुम : अमेरिकामा अब बन्न लागेको डोनाल्ड ट्रम्पको सरकारसँग नीतिगत सुधारका लागि सुडानले आग्रह गरेको छ।
सुडानमाथि संयुक्त राज्य अमेरिकाले लगाएको नाकाबन्दी पनि अब बन्ने नयाँ सरकारले हटाइदिने अपेक्षा आफूहरुले गरेको जानकारी पनि सुडानको सरकारले दिएको छ।
हामीले अमेरिकामा अब बन्ने नयाँ सरकारसँग बिभिन्न अपेक्षा गरेका छौँ र यो सरकारको समयमा सुडान अमेरिका सम्बन्धमा नयाँपनको अपेक्षा हामीले गरेका छौँ, सुडानका विदेश राज्यमन्त्री कमल एदिनले बताएका छन्।
एक विज्ञप्तिमार्फत उनले अमेरिकाले आफ्नो देशमा लगाउदै आएको नाकाबन्दीमा पनि पुनर्विचार गर्ने र यस समयमा सुडान अमेरिका सम्बन्धमा आमूल परिवर्तन हुने अपेक्षा आफूले गरेको पनि उनले बताएका छन्।
साथै उनले सुडानले आतंकवादका विरुद्धमा र अवैध रुपमा मानवीय ओसारपसारका बिरुद्धमा पनि अमेरिकासँग आगामी दिनमा मिलेर कामगर्ने पनि जनाएका छन्। रासस ÷सिन्ह्वा