PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

आज पनि टुङ्गो लाग्न सकेन उच्च अदालतका ८२ न्यायाधीश, बिहीबार अर्को बैठक बस्ने



रासस

काठमाडौँ : उच्च अदालतका लागि ८२ जना न्यायाधीशको नियुक्ति लागि सिफारिस गर्नका लागि बसेको न्याय परिषदको आजको बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले केही प्राविधिक काम बाँकी रहेको हुँदा बिहीबार बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए। 

प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशको नियुक्तिको लागि टुङ्गो लगाउने भनिएता पनि सो हुन सकेन। 

सात प्रदेशमा रहेको उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट ८२ जना न्यायाधीश नियुक्ति गर्ने हुनेछ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell