PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

नारायणगढ-मुग्लिन सडक एक दिनका लागि खुल्ला गरिने



रासस

नारायणगढ-मुग्लिन सडक एक दिनका लागि खुल्ला गरिने

रत्ननगर (चितवन) : हरेक दिन नियमित १०:३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर भोलि एकदिन खुला रहने भएको छ।
 
यहाँ आज साँझदेखि भोलि दिनभर मेला लाग्छ। मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर भोलि माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ। सो सडकको विभिन्न स्थानमा पुनःनिर्माण भइरहेकाले दिउँसो बन्द गरेर काम हुँदै आएको छ।
 
निर्माणाधीन सडक आगामी बैसाखमा सक्ने लक्ष्य छ। विश्व बैंकको सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजना सञ्चालित छ।
 
उक्त आयोजनाको लागत रु दुई अर्ब ९० करोडको छ। तीन चरणमा छ वटा निर्माण कम्पनीले काम गरिरहेका छन्। यो सडक साढे ९ देखि साढे ११ मिटरमा विस्तार हुनेछ। अहिलेसम्म ५० प्रतिशत काम हुनुपर्नेमा ३३ प्रतिशतमात्रै काम भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell