PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • ​निर्वाचनमा रुसले सहयोग गरेको गुप्तचर प्रतिवेदनपछि ट्रम्पले गरे रुसको बचाउ

    ​निर्वाचनमा रुसले सहयोग गरेको गुप्तचर प्रतिवेदनपछि ट्रम्पले गरे रुसको बचाउ

    न्युयोर्क : गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले साइबर ह्याकिङ्गको माध्यमद्वारा हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरु विश्वस्त भएपछि यसले अमेरिकी उच्च राजनीतिमा एक प्रकारको तरङ्ग पैदा गरेको छ।  तर, यस तरङ्गले रुससँग निकट सम्बन्ध राख्न आह्वान गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई कुनै प्रभाव परेको देखिएको छैन।  अमेरिकी गुप्तचर…

    विस्तृतमा पढ्नुस्

  • संसदको शून्य समय र विशेष समय : स्थानीय तहको निर्वाचनको मिति छिटो तोक

    संसदको शून्य समय र विशेष समय : स्थानीय तहको निर्वाचनको मिति छिटो तोक

    काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष र शून्य समयमा सांसदहरुले छिटो स्थानीय तहको निर्वाचनको मिति तोक्न, भूकम्पपीडितलाई पुनः वासको उचित व्यवस्था गर्न र सडक विस्तारका क्रममा उचित मुआब्जा दिन ध्यानाकर्षण गराएका छन्।  विशेष समयमा नेपाली काँग्रेसका रामहरि खतिवडाले संसद्मा निर्वाचनसम्बन्धी कानुन पेस भइसकेकाले सबै दल मिलेर स्थानीय निर्वाचनतर्फ मुलुकलाई केन्द्रित गराउन आग्रह गरे।  नेकपा (एमाले)का अनन्तप्रसाद पौडेलले विभिन्न सडक विस्तार…

    विस्तृतमा पढ्नुस्

  • हिन्दू राष्ट्रका लागि अहिंसात्मक धर्मयुद्धको चेतावनी

    काठमाडौँ : विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन्।   राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिव सेना पार्टीलगायतले आज पत्रकार सम्मेलन गरी वौद्धिककालदेखि चल्दै आएको धर्मलाई कायम नगरे धर्मयुद्ध गर्ने बताएका हुन्।   पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौँदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर…

    विस्तृतमा पढ्नुस्

  • लोकमानलाई कालोमोसो दल्नेलाई एक महिना कैद

    लोकमानलाई कालोमोसो दल्नेलाई एक महिना कैद

    काठमाडौँ : मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ।  न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरिएको हो।  अदालतमा मुद्दाको तारेख लिन आउँदा यही पुस ७…

    विस्तृतमा पढ्नुस्

  • ​सिरियाली सीमा सहरमा भयानक विस्फोट, ४३ जनाको मृत्यु

    बेरुत : सिरियाली विद्रोही समूहको अधीनस्थ सहर अजाजमा शनिबार एक शक्तिशाली ट्याङ्कर बम विस्फोट हुँदा ४३ जनाको मृत्यु भएको छ ।  उत्तर अलेप्पो राज्यको टर्कीसँग सीमा जोडिएको उक्त सहरमा यसअघि यति धेरै मानिसको ज्यान जाने गरी आक्रमण नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।  घटनामा छजना विद्रोही र बाँकी सबै सर्वसाधारणको मृत्यु भएको उक्त संस्थाले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • ​थाइल्यान्डको दक्षिण क्षेत्रमा मुसलधारे वर्षापछि १८ जनाको मृत्यु

    बैँकक : थाइल्याण्डको दक्षिणी दशवटा प्रान्तमा एक सातादेखि निरन्तर परेको विशाल वर्षाका कारण बाढी आउँदा शनिबारसम्म कम्तीमा १८ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।  वर्षाका कारण कतिपय क्षेत्र आशिक डुबानमा परेपछि करिब दश लाख मानिस प्रभावित बनेका छन् भने विगत केही दिनमा १८ जनाको मृत्यु भइसकेको, थाई गृहमन्त्रालयले जनाएको छ । वर्षाका कारण एक हजार ५०० भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • सन् २०१६ मा युरोप प्रवेश गर्ने आप्रवासी र शरणार्थीको सङ्ख्या निकै घट्यो

    वारसा (पोल्याण्ड) : सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ ।  सन् २०१६ मा सो बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या तीन लाख ६४ हजारमा झरेको फ्रन्टेक्सले जनाएको हो ।  इयुले टर्कीसँग सन् २०१६को मार्चमा…

    विस्तृतमा पढ्नुस्

  • पुटिनले राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई सघाएको गुप्तचर निकायको ठोकुवा

    पुटिनले राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई सघाएको गुप्तचर निकायको ठोकुवा

    वासिङ्गटन : गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार एक ठोकुवा प्रतिबेदन बुझाएका छन्।  उक्त प्रतिवेदनले उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले एक गुप्त विस्तृत साइबर अभियान नै चलाउन व्यक्तिगत रुपमै आदेश दिएको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ उपनिवेश बनाउन लागेको विरोधमा श्रीलंकामा सरकारविरुद्ध विशाल प्रदर्शन

    चिनियाँ उपनिवेश बनाउन लागेको विरोधमा श्रीलंकामा सरकारविरुद्ध विशाल प्रदर्शन

    कोलम्बो : श्रीलङ्काको प्रमुख ब्यापारिक महत्वको एउटा सामुद्रिक बन्दरगाह चीनको स्वामीत्वमा रहेको एक कम्पनीलाई सुम्पने श्रीलङ्काली सरकारको निर्णयको विरोधमा हजारौं बौद्ध भिक्षु तथा विपक्षी दलका समर्थक जनताहरु शनिबार सडकमा उत्रँदै छन्।   हम्बानटोटा द्वीपमा अवस्थित उक्त बन्दरगाह र औद्योगिक क्षेत्र समेत चीनको ८० प्रतिशत लगानी रहेको एक कम्पनीलाई ९९ वर्षसम्म भाडा (लिज) मा दिने सम्बन्धि करारपत्रमा श्रीलङ्काली सरकारले शनिबार हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • वामदेवको निवासमा स्थायी कमिटी बैठक : संसद खोल्न एमालेले तेर्स्यायो शर्त

    वामदेवको निवासमा स्थायी कमिटी बैठक : संसद खोल्न एमालेले तेर्स्यायो शर्त

    काठमाडौँ : नेकपा (एमाले) ले एक महिनाभन्दा बढी समयदेखि अवरुद्ध गर्दै आएको संसद खोल्नका लागि शर्त तेर्स्याएको छ। राष्ट्रको हित विपरीत नहुने प्रकारका प्रस्ताव आएमा तथा निर्वाचन र अन्य प्रक्रियाबारे सरकारको स्पष्ट दृष्टिकोण आएमा संसद्को जारी गतिरोध अन्त्य गर्ने उसले जनाएको हो।  एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटी बैठकले संविधान…

    विस्तृतमा पढ्नुस्

  • जिप दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

    गाईघाट (उदयपुर) : सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको हर्देनी–३ गहुँबारीमा बलेरो जिप दुर्घटना हुँदा घाइते भएकाहरुको र्चको सम्पूर्ण जिम्मा राज्यले व्यवस्थापन गर्ने भएको छ। खर्च अभावमा उपचार हुन नसकेर सम्बन्धित अस्पतालहरुले घाइतेलाई उपचार नगर्ने भएपछि ती घाइतेको उपचार राज्यले बेहोर्ने भएको हो।   सम्बन्धित अस्पतालहरुले पहिला नै रकम जम्मा गर्नुपर्ने बताएपछि बिरामीका आफन्तले आर्थिक स्रोत जुटाउन सकेका थिएनन्। उपचारको पहल गरिदिनका लागि…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

    लोकमानको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

    काठमाडौँ : सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा दुबै पक्षका कानुन व्यवसायीको बहस सकिएको हो । यही पुस ७ गतेबाट सुरु भएको बहस ८, २१, २२ हुँदा आजसम्म बहस आजसम्म चलेको थियोे ।  रिट…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पबाट जोगिन भन्सार कार्यालयको भवन 'प्रिफेब्रिकेटेड' बन्दै

    रसुवा : भन्सारको कामलाई सरलीकृत गर्न पहिलो चरणअन्तर्गत रसुवागढीको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा प्रिफेब्रिकेटेड भवन निर्माण अगाडि बढेको छ।   सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार भन्सारसम्बन्धी सबै कार्य नेपाल–चीनको सीमा क्षेत्र रसुवागढीबाटै व्यवस्थित तवरले सञ्चालन गराउन प्रिफेब्रिकेटेट भवन निर्माण हुन थालेको छ। भुइँ सतह मिलाउने कार्य पूरा भई समग्रमा ६० प्रतिशत काम पूरा भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • सोलुको माथिल्लो भेगमा भारी हिमपात, चिसो बढेसँगै ४५ दिनका लागि विद्यालय बन्द

    सोलुको माथिल्लो भेगमा भारी हिमपात, चिसो बढेसँगै ४५ दिनका लागि विद्यालय बन्द

    सोलुखुम्बु : हिमपात तथा वर्षासँगै चिसो बढेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पर्ने गाविसका विद्यालयमा जाडो बिदा दिइएको छ।   विद्यालयले नियमित दिने मिन पचासको मौसमी बिदाअन्तर्गत केही विद्यालय पुस १५ देखि नै बिदा दिइएका थिए भने अधिकांशमा आजबाट बिदा दिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक इन्द्र दाहालले जानकारी दिए।   नाम्चे, खुम्जुङ, चौरीखर्क, जुभिङ, टाक्सिन्दुलगायतका गाविसले ४५ दिनका लागि विद्यालय बिदा…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता

    काठमाडौं : सार्वजनिक जग्गा मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला मालपोत कार्यालयका प्रमुख सुरेशकुमार थपलियासहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार धनकुटा डाँडाबजार–१ मा रहेको कित्ता नम्बर २ सय र कित्ता नम्वर २ सय १२ को सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारीको समेतको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएकाले मुद्दा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • हिउँद लागेपछि खोटाङमा सवारीसाधनको भाडा घट्यो, कहाँको कति? यस्तो छ सूची

    हिउँद लागेपछि खोटाङमा सवारीसाधनको भाडा घट्यो, कहाँको कति? यस्तो छ सूची

    खोटाङ : जिल्लामा सञ्चालित यात्रुबाहक सवारीसाधनको भाडा घटाइएको छ।   हिउँद लागेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा अस्थायी बेलिब्रिज राखिएपछि जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनको भाडा दर घटाइएको हो। नयाँ भाडादर अनुसार दिक्तेल—काठमाडौं रु ३०० र दिक्तेल-गाईघाट रु २०० ले घटेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए।   यात्रुको हितलाई ध्यानमा राखेर पुरानो भाडादर केही…

    विस्तृतमा पढ्नुस्

  • आतंक मच्चाउने बाँदरले बालबालिकालाई समेत टोक्न थालेपछि गाउँले समस्यामा

    बर्दिवास : महोत्तरी जिल्लाको सुदूरउत्तरवर्ती बर्दिवास नगरपालिका र आसपासका ग्रामीण क्षेत्रका बासिन्दा बाँदरको उपद्रवबाट आजित भएका छन्।   घरघरै पसेर सामान उधिन्ने, ससाना नानीलाई झम्टेर टोक्ने र धपाउन खोज्दा जाइलाग्ने बाँदरको उल्याइँले सर्वसाधारण आजित भएका हुन्।   बर्दिवास नपाको गौरीडाँडा, पाटु, कालापानी, रजवास, पर्साहीधाप, माइस्थान, टुटेश्वर, गणन्ता, वरडाँडा र चेरुलगायतका बस्ती र छिमेकका हाथीलेट, खयरमारा, बेलगाछी र लक्ष्मीनियाँ गाविस बस्तीमा…

    विस्तृतमा पढ्नुस्

  • चार घन्टा सवारी रोके पनि नारायणगढ-मुग्लिन सडकखण्डको काम कछुवा गतिमा

    चार घन्टा सवारी रोके पनि नारायणगढ-मुग्लिन सडकखण्डको काम कछुवा गतिमा

    चितवन : दैनिक चार घन्टा सडक रोकेर काम गर्दै आएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेको छैन।   सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो पार्नुपर्ने भएपछि सडक नै रोकेर काम थालिएको हो। पुस ७ गतेबाट हरेक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडकको भित्तो काट्ने काम भइरहेको छ।   सो सडकको कालीखोला नजिक,…

    विस्तृतमा पढ्नुस्

  • ​श्रीमतीको उजुरीमा श्रीमान पक्राउ : मापसे गरेर जवर्जस्ती गर्न खोजेको आरोप

    ​श्रीमतीको उजुरीमा श्रीमान पक्राउ : मापसे गरेर जवर्जस्ती गर्न खोजेको आरोप

    डोल्पा : श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा गणेश विक पक्राउ परेका छन् । पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने गरेको र कुटपिट समेत गरेको भन्दै उनकी श्रीमती विसाकुमारी विकले उजुरी दिएपछि उनी पक्राउ परेका हुन्। बिहे गरेको तीन वर्षभित्र मादक पदार्थ सेवन गरेर पटक-पटक जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि मरणासन्न…

    विस्तृतमा पढ्नुस्

  • ​मापसे गरेर जवर्जस्ती गर्न खोजेको श्रीमतीको उजुरीमा श्रीमान पक्राउ

    डोल्पा : श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा गणेश विक पक्राउ परेका छन् । पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने गरेको र कुटपिट समेत गरेको भन्दै उनकी श्रीमती विसाकुमारी विकले उजुरी दिएपछि उनी पक्राउ परेका हुन्। बिहे गरेको तीन वर्षभित्र मादक पदार्थ सेवन गरेर पटक-पटक जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि मरणासन्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell