PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

सरकारी कर्मचारीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता



रासस

काठमाडौं : सार्वजनिक जग्गा मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला मालपोत कार्यालयका प्रमुख सुरेशकुमार थपलियासहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार धनकुटा डाँडाबजार–१ मा रहेको कित्ता नम्बर २ सय र कित्ता नम्वर २ सय १२ को सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारीको समेतको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएकाले मुद्दा दर्ता गरिएको हो । 

आयोगले तत्कालीन जिल्ला मालपोत कार्यालयका प्रमुख थपलिया, तत्कालीन नापी अधिकृत अभयकृष्ण जोशी, शाखा अधिकृत टङ्कप्रसाद दुवाडी, तत्कालीन गाविस अध्यक्ष प्रेमसिंह लिम्बू, स्थानीय लालप्रसाद लिम्बूलाई जनही रु तीन लाख ८७ हजार ३२८ बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell