PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

भूकम्पबाट जोगिन भन्सार कार्यालयको भवन 'प्रिफेब्रिकेटेड' बन्दै



रासस

रसुवा : भन्सारको कामलाई सरलीकृत गर्न पहिलो चरणअन्तर्गत रसुवागढीको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा प्रिफेब्रिकेटेड भवन निर्माण अगाडि बढेको छ।
 
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार भन्सारसम्बन्धी सबै कार्य नेपाल–चीनको सीमा क्षेत्र रसुवागढीबाटै व्यवस्थित तवरले सञ्चालन गराउन प्रिफेब्रिकेटेट भवन निर्माण हुन थालेको छ। भुइँ सतह मिलाउने कार्य पूरा भई समग्रमा ६० प्रतिशत काम पूरा भइसकेको छ।
 
फलामे तयारी सामग्री जडान गरी भन्सार कार्यालयको व्यवस्थापन हुन लागेको बताउँदै खतिवडाले अब छिट्टै सुरक्षा अङ्ग समेतलाई पुग्ने स्थायी एकीकृत पाँचतले भन्सार कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। पहिलो चरणमा प्रिफेब्रिकेटेड र दोस्रो चरणमा स्थायी संरचना निर्माण हुँदै जाने छ।
 
भूकम्पले रसुवागढीको भवनमा क्षति पुर्‍याएपछि टिमुरेबाट सेवा दिँदै आएको भन्सार कार्यालय पुनः रसुवागढीमा फर्केपछि अबका दिनको सेवा अझ बढी प्रभावकारी बन्ने अपेक्षा गरिएको नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell