बैँकक : थाइल्याण्डको दक्षिणी दशवटा प्रान्तमा एक सातादेखि निरन्तर परेको विशाल वर्षाका कारण बाढी आउँदा शनिबारसम्म कम्तीमा १८ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।
वर्षाका कारण कतिपय क्षेत्र आशिक डुबानमा परेपछि करिब दश लाख मानिस प्रभावित बनेका छन् भने विगत केही दिनमा १८ जनाको मृत्यु भइसकेको, थाई गृहमन्त्रालयले जनाएको छ । वर्षाका कारण एक हजार ५०० भन्दा बढी विद्यालयका भवनमा क्षति पुगेको छ भने त्यस क्षेत्रमा पठनपाठन अवरुद्ध हुनाका साथै सामान्य जनजीवन प्रभावित भएको छ ।
थाइल्याण्डको मौसम विभागले आगामी दुई दिनसम्म वर्षा भइरहने बताउँदै प्रभावित क्षेत्रका मानिसलाई बाढीबाट थप सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आगामी सोमबारदेखि मौसममा सुधार आउने जनाएको छ । रासस÷एएफपी