PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

वामदेवको निवासमा स्थायी कमिटी बैठक : संसद खोल्न एमालेले तेर्स्यायो शर्त



रासस

वामदेवको निवासमा स्थायी कमिटी बैठक : संसद खोल्न एमालेले तेर्स्यायो शर्त

काठमाडौँ : नेकपा (एमाले) ले एक महिनाभन्दा बढी समयदेखि अवरुद्ध गर्दै आएको संसद खोल्नका लागि शर्त तेर्स्याएको छ।

राष्ट्रको हित विपरीत नहुने प्रकारका प्रस्ताव आएमा तथा निर्वाचन र अन्य प्रक्रियाबारे सरकारको स्पष्ट दृष्टिकोण आएमा संसद्को जारी गतिरोध अन्त्य गर्ने उसले जनाएको हो। 

एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटी बैठकले संविधान संशोधन विधेयकका सम्बन्धमा सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्न सरकारले त्यसलाई फिर्ता लिनुपर्ने अडान पनि दोहो¥याएको छ । 

संशोधन प्रस्तावको विरोधमा शुक्रबारको काठमाडौँको जनप्रदर्शन सफल रहेको निचोड निकाल्दै बैठकले निर्वाचन र अन्य प्रक्रियाका सम्बन्धमा अन्य दलसँग संवाद गरेर गतिरोध फुकाइ मुलुकलाई निर्वाचनतर्फ लैजान जोड दिइएको सो पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए। 

आइतबार व्यवस्थापिका–संसद्को बैठक बस्ने सन्दर्भमा सत्ता पक्षले संविधान संशोधन विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ भने त्यसका असहमत एमालेसहितका नौ विपक्षी दलले त्यसको विरोधमा बैठक अवरुद्ध गर्दै आएका छन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell