PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • राष्ट्रपति भण्डारी चढेको सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण आकस्मिक अवतरण

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ।   कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको हेलिकोप्टरको अवतरण भएको हो। राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत छिन्।   मौसम अनुकूल भएलगत्तै उनी धनगढी प्रस्थान गर्ने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • आजबाट उपत्यकामा १५ वटा अपाङ्गमैत्री बस सञ्चालन

    आजबाट उपत्यकामा १५ वटा अपाङ्गमैत्री बस सञ्चालन

    काठमाडाैँ : सिटी मेट्रो प्रालिले आजबाट उपत्यकामा अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ। हाल १५ वटा त्यस्ता बस सञ्चालनमा ल्याइएको हो। एउटा बसमा ४४ वटा सिट रहेका छन्। अपाङ्ग, ज्येष्ठ नागरिक र बालबालिकालाई बसमा चढ्नका लागि सहज हुने व्यवस्था गरिएको सो प्रालिले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले आज एक समारोहबीच उक्त बसको उद्घाटन गर्दै उपत्यकामा बाटो सुधार…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकालाई प्रयोग गर्ने मगन्ते समूह सक्रिय, माग्न जानुअघि दिइन्छ तालिम

    पर्सा (पोखरिया) : बालबालिकालाई प्रयोग गरेर भिख मगाउने समूह अहिले वीरगन्ज नगरक्षेत्रमा सक्रिय भएका छन्।   हातमा सरकारी अस्पतालको पुर्जी लिई– ८ वर्ष देखि १४ वर्षसम्मका बालबालिका बाटोमा भिख माग्दै हिड्ने गरेको यहाँ आउने जो कोहिले सजिलै हेर्न सकिन्छ।   भारतको नरकटियागन्ज, मोतीहारी, बेतिया र समस्तीपुर लगायतका बालबालिका ल्याएर वीरगन्ज नगरमा भिख मगाउने समूह सक्रिय भएका छन्।   भारतीय सीमावर्ती…

    विस्तृतमा पढ्नुस्

  • ३७ मेगावाट क्षमताको त्रिशूली थ्री ‘बी’ आयोजनाका लागि अन्तर्राष्ट्रिय बोलपत्र

    काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ।   कुल ३७ मेगावाट क्षमताको सो आयोजना ‘क्यासकेड’ परियोजनाका रुपमा लिइएको छ। आयोजनाको निर्माण अघि बढाउन कम्पनीले सूचनामार्फत सीमित रुपमा विश्वव्यापी बोलपत्र आह्वान गरेको आयोजना प्रमुख मोहन गौतमले जानकारी दिए।   आयोजनाले बोलपत्र पेस गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टरले थिचेर बालिकाको मृत्यु

    सिन्धुली : अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्याक्टरले थिच्दा आज बिहान १० वर्षीया बालिका विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ। अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार उनी घरबाट स्कुल पढ्न गइरहेका अवस्थामा ट्याक्टरको अगाडिको दाहिने…

    विस्तृतमा पढ्नुस्

  • दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष : नेपाललाई अमेरिकाले दियो १६ करोड अमेरिकी डलर

    काठमाडौँ : अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ।   अमेरिकी राजदूतावासद्वारा आज जारी विज्ञप्तिका अनुसार सो रकममध्ये १३ करोड ३० लाख डलरको व्यवस्थापन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी), अमेरिकी रक्षा मन्त्रालय, कृषि मन्त्रालय, विदेश मन्त्रालय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लगायत नेपालमा कार्यरत…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    काभ्रे : उग्रचन्डी नाला-१ मा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार आज साँझ मोटरसाइकलमा सवार २२ वर्षीय राजीववादे श्रेष्ठ एक्कासी आएर पोलमा ठोक्किएपछि करिब पाँच मिटर तल खसेका थिए। तत्कालै उनलाई बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। दुर्घटनामा घाइते भएका श्रेष्ठलाई अस्पताल लगिएको केही समयमै मृत्यु भएको बनेपा प्रहरी चौकीले जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • ठाकुरमाथि भ्रष्टाचारको आरोप, नयाँ प्रमुखमा लुइँटेल आएपछि जिशिकाको विवाद साम्य

    गाईघाट : तीन महिनादेखि तनावग्रस्त बन्दै आएको जिल्ला शिक्षा कार्यालय उदयपुरले नयाँ निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी पाएपछि जिल्ला शिक्षा कार्यालय र जिल्लाका सम्पूर्ण शिक्षक सङ्घसङ्गठनको समस्या समाधान भएको छ।   जिल्ला शिक्षा अधिकारी दिलीप ठाकुरले जिल्ला शिक्षा कार्यालयमा भ्रष्टाचार गरेको आरोपसहित तीन महिनादेखि जिल्लाका सम्पूर्ण शिक्षक सङ्घ तथा सङ्गठनले जिशिअ ठाकुरविरुद्ध ठाकुर हटाउ आन्दोलन गर्दै आएका थिए। तर हालै…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    लमजुङ : लमजुङको भोटेओडारस्थित पैरेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्याक्टर दिउँसो २:४५ बजे दुर्घटना भएको हो। दुर्घटनामा परी सहचालक तनहुँको रुपाकोट– २ मानेचौक निवासी २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • ‘चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गयो’

    धनुषा : चिकित्सकको लापर्बाहीका कारण यहाँ आज एक सुत्केरीको मृत्यु भएको छ।  अवैध रुपमा सञ्चालनमा रहेको भनिएका जनकपुरका एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको छ।      जनकपुर अञ्चल अस्पतालको अगाडि डा. प्रियरञ्जन कुमारले सञ्चालन गर्दै आएको ‘आर्या केयर एण्ड क्युर’ नामक अस्पतालमा आज २२ वर्षीय जिबछी देवीको मृत्यु भएको हो। सर्लाही जिल्ला डुमरिया घर भएको र…

    विस्तृतमा पढ्नुस्

  • चन्दाकै भरमा पालिँदैछन् शिक्षक, ४६ सालदेखि अभिभावकबाट स्वेच्छिक चन्दा

    भीमदत्तनगर : गाउँका अभिभावकले चन्दा सङ्कलन गरेर कञ्चनपुरको वाइसेविचुवा गाविस–१ बिन्वारीमा रहेको दुर्गा राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षकलाई तलब खुवाउँदै आएका छन्।   जिल्लाकै विकट ग्रामीण भेगमा रहेको विद्यालयमा दुई जना शिक्षकलाई २०४६ सालदेखि गाउँमा अभिभावकबाट चन्दा सङ्कलन गरेर अध्यापनबापत तलब खुवाउँदै आएको विद्यालयका शिक्षक रामविलास रानाले बताए।   ९५ प्रतिशत आदिवासी जनजाति समुदायका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा हाल २७५…

    विस्तृतमा पढ्नुस्

  • गैरपत्रकारलाई सदस्यता सिफारिस गरिएको भन्दै पत्रकार महासंघ काठमाडौंमा विवाद

    गैरपत्रकारलाई सदस्यता सिफारिस गरिएको भन्दै पत्रकार महासंघ काठमाडौंमा विवाद

    काठमाडौँ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा नयाँ सदस्यता विवाद देखिएको छ।   महासङ्घ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएकामा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि विवाद देखिएको हो। विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुनः…

    विस्तृतमा पढ्नुस्

  • अवैध यौन सम्बन्ध र सम्पत्ति लोभमा श्रीमानको हत्या, प्रहरीले सार्वजनिक गर्‍यो पाँच आरोपी

    गौशाला : आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँच जनालाई आज सार्वजनिक गरेको छ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी,…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि सहिद सप्ताह सुरु

    भीष्मराज ओझा  काठमाडौँ : मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्षझैँ यस वर्ष पनि आजदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ। यही माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। २०१२ सालदेखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिदको सम्झनामा विभिन्न कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • ​काउसो दलेर साढे तीन लाख लुटपाट

    खजुरा : नेपालगन्जमा आज अपराह्न एक व्यक्तिका साथबाट रु साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ ।  धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको रु तीन लाख ६५ हजार भएको झोला लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् ।  मोटरसाइकल चलाउने बेला एक्कासि घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जामन्त्रीले भने- 'बिजुली चोर एकएक गरी समातिनेछन्, कुनै पनि हालतमा छाडिन्न'

    ऊर्जामन्त्रीले भने- 'बिजुली चोर एकएक गरी समातिनेछन्, कुनै पनि हालतमा छाडिन्न'

    काठमाडौँ : ऊर्जामन्त्री जनार्दन शर्माले हाल विद्युत् प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोर एक/एक गरी समातिने र तिनलाई कुनै पनि हालतमा नछाडिने प्रतिवद्धता व्यक्त गरेका छन्।  बिजुली चोरीमा सङ्लग्नलाई नियन्त्रणमा लिने क्रम सुरु भइसकेको उनले बताए।   पानी, प्रकृति एवम् कृषिको क्षेत्रमा काम गर्दै आएको ‘अष्ट ज’ अभियानले आज यहाँ आयोजना गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया…

    विस्तृतमा पढ्नुस्

  • ४८ घन्टाका लागि नेपाल-भारत सीमा बन्द हुने

    बर्दिया : भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ।   भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए।   चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकाले नै छुटाए अभिभावकको कुलत, सामाजिक अभियानमा सक्रिय

    बेनी (म्याग्दी) : घरमा आमाबाबुको निगरानीमा रहनुपर्ने बालबालिकाले उल्टै अभिभावकको बानी व्यवहारमा परिवर्तन ल्याई समाजका लागि सकारात्मक सन्देश दिएका छन्।   म्याग्दी जिल्लाको बेनी नगरपालिकालगायत अन्य तीन गाविसका बाल विकास केन्द्रमा रहेका ६५ भन्दा बढी बालबालिका अहिले आफ्ना अभिभावकका लागि मार्गदर्शक बनेका छन्। उनीहरुले घरपरिवार र विद्यालयमा मात्रै होइन समाजमा नै अविश्वसनीय परिवर्तन ल्याएका बालजागृति प्रावि बगुवाखोलाका प्रधानाध्यापक भक्त कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • कार्यकर्ता पाल्न निर्देशिकाविपरीत योजना छनोट, सांसदको मनपरी

    बैतडी : बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजना निर्देशिका विपरीत छनोट गरिएका छन्।   सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप समेत लगाएका छन्। गत वर्षहरु जस्तै यो वर्ष पनि माननीयले आफ्ना कार्यकर्ता पोस्ने हिसाबले योजना छनोट गरेको पाटनका कपिल केसीले बताए। निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधानसेनापति रुक्माङ्गत हिन्दु राज्यको पक्षमा

    पूर्व प्रधानसेनापति रुक्माङ्गत हिन्दु राज्यको पक्षमा

    रुपन्देही : पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल नेपाललाई धर्म निरपेक्षबाट हिन्दु राज्य बनाउन सक्रिय भएका छन्। उनले सार्वजनिक कार्यक्रममै हिन्दु राज्य कायम गर्नुपर्ने बताएका हुन्। पाँचथरमा आयोजित राष्ट्रिय हिन्दु एकता मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले हिन्दु धर्म राष्ट्रको पहिचान भएकाले दावी गर्दै हिन्दु राज्य कायम गर्न सबै लाग्नुपर्ने बताए। उनले हिन्दु राज्य सबै दलको भएको दावी गर्दै संविधान संशोधन मार्फत निरपेक्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell