PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ट्याक्टर दुर्घटनामा एकको मृत्यु



रासस

लमजुङ : लमजुङको भोटेओडारस्थित पैरेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्याक्टर दिउँसो २:४५ बजे दुर्घटना भएको हो। दुर्घटनामा परी सहचालक तनहुँको रुपाकोट– २ मानेचौक निवासी २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए। उनका अनुसार दुर्घटनामा परी घाइते भएका चालक वर्ष २७ का सुरज गायकको स्थानीय कर्मदा अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य रहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell