PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • ​अमेरिकी सेनाको कारवाहीमा यमनमा आठ बालवालिकासहित ५७ को मृत्यु

    ​अमेरिकी सेनाको कारवाहीमा यमनमा आठ बालवालिकासहित ५७ को मृत्यु

    एडेन (यमन) : अमेरिकाद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पको आवागमनपछि यमनमा भएको पहिलो आक्रमणमा मुलुकको मध्य क्षेत्रमा अवस्थित यक्ला जिल्लामो कम्तीमा ४१ जना शंकास्पद अलकायदा लडाकु र १६ जना सर्वसाधारणको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन्।  यक्लामा भएको उक्त आक्रमणमा निर्दोष आठ बालबालिका, आठ महिलाको समेत मृत्यु भएको आफ्नो ना गोप्य राख्ने सर्तमा स्थानीय एक सरकारी अधिकारीले बताए।  उक्त क्षेत्रबाट प्राप्त जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ​एमाले वैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक

    काठमाडौं : नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ ।  भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए।  आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो।  उहाँलाई थप उपचारका लागि आज…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि र कृषि तथा वन विज्ञानबीचको विवाद किनारा, हेटौंडामा भर्ना लिन नपाइने

    चितवन : त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको छ।   कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएदेखि नै दुई विश्वविद्यालयका बीचमा विवाद हुँदै आएको थियो। चार वर्षअघि त्रिविले चितवनको रामपुरमा कृषि र भेटेरिनरी सङ्कायमा भर्ना लिन छाडेको भए पनि हेटौँडामा भने दुवै विश्वविद्यालयले भर्ना लिँदै आएका थिए।   गतवर्ष तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा बस पल्टँदा १० जना घाइते, एकको अवस्था गम्भीर

    चितवन : पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार ना ५ ख  ११२१ नंको बस बिहान ९:३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको हो। दुर्घटनाका घाइतेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  घाइतेमध्ये एकजनाको…

    विस्तृतमा पढ्नुस्

  • प्राविधिकको अभाव भएपछि काभ्रेपलाञ्चोकका १० गाविसमा पुनर्निर्माण सुरु भएन

    बनेपा : काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुननिर्माणको काम सुरु हुन सकेको छैन।   जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मीसहित प्राविधिकको अभाव र दुर्गम क्षेत्र भएका कारणले पनि पुननिर्माणको काम सुरु हुन नसकेको सहरी विकास भवन डिभिजन कार्यालयले जनाएको छ। विगतमा इन्जिनियरको राजीनामाले पनि पुननिर्माणको काम सुस्त भएको हो भन्दै कार्यालयका प्रमुख अष्टलाल…

    विस्तृतमा पढ्नुस्

  • बारको आन्दोलनप्रति पिपिएलको ध्यानाकर्षण, राजनीतिक हस्तक्षेप गरिएको आरोप

    काठमाडौँ : प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन, नेपाल (पिपिएलए) ले उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर नेपाल बार एसोसिएसनले सार्वजनिक गरेको विरोधबाट उत्पन्न परिस्थितिका बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्गठनका महासचिव ईश्वरीप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उच्च अदालतको न्यायाधीशजस्तो गरिमामय पदमा कानुन व्यवसायीबाट गरिएको नियुक्तिमा व्यावसायिकता, वरिष्ठता, पेसागत अनुभव र समावेशीताको सन्तुलन नगरी राजनीतिक हस्तक्षेप गरिएको…

    विस्तृतमा पढ्नुस्

  • आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं : देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी आज सहिद दिवस मनाइँदैछ।  प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो।  सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्र र अग्रगमन सहिदका बलिदानको परिणाम : राष्ट्रपति

    लोकतन्त्र र अग्रगमन सहिदका बलिदानको परिणाम : राष्ट्रपति

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् सहिदका त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उनीहरुले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गरेको बताएकी छन्।  सहिद दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।  सन्देशमा वीर, अमर, त्यागी र भविष्यद्रष्टा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान कार्यान्वयन गरी समृद्व देश निर्माण नै सहिदप्रति सम्मान –प्रम

    ​संविधान कार्यान्वयन गरी समृद्व देश निर्माण नै सहिदप्रति सम्मान –प्रम

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताएका छन्।  सहिद दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्ने सहिदको योगदान स्मरणीय रहने उल्लेख गरेका छन्।  ‘माघ १६ नेपाल र सबै नेपालीहरूको…

    विस्तृतमा पढ्नुस्

  • ​त्रिशुलीमा ट्रक खस्दा एक बेपत्ता, कुरिनटारमा ट्रक पल्टिँदा दुई घाइते

    रत्ननगर (चितवन) : चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा…

    विस्तृतमा पढ्नुस्

  • ​ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

    उर्लाबारी (मोरङ) : मोरङको सुन्दरदुलारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।  पश्चिमबाट पूर्व आउँदै गरेको को२त ४३४६ नंको ट्र्याक्टरले एकैदिशामा रहेको को१८प ९३२९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार सुन्दरदुलारी–६ कै ३० वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको हो।  ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • ​दूधकोसी जलविद्युत् आयोजना : प्रभावित स्थानीयलाई सेयर खुला, ऋण गरेर लगानी

    सोलुखुम्बु : पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए। शुक्रबार बैंकमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए।  सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिनुभएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि सेयरमा लगानी गर्न आएको बताछिन्।  निजी क्षेत्रबाट सोलुखुम्बुमा…

    विस्तृतमा पढ्नुस्

  • ​आप्रवासी नीतिमा कडा बन्दै ट्रम्प, शरणार्थीलाई चार महिना अमेरिका प्रवेशमा रोक

    ​आप्रवासी नीतिमा कडा बन्दै ट्रम्प, शरणार्थीलाई चार महिना अमेरिका प्रवेशमा रोक

    वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बढ्दो आप्रवासी दबाब तथा आतङ्कवादलाई नियन्त्रण गर्न कडा नियम ल्याउन आदेश दिएका छन्।  शुक्रबार पेन्टागनमा भएको रक्षामन्त्री जनरल जेम्सम्याटिसको सपथग्रहणका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षित राखिराख्न उग्रवादी इस्लामिक समूहका सदस्यको प्रवेशलाई नियन्त्रण राख्न जरुरी हुने भएकाले नयाँ तथा कडा उपाय सोच्न आफ्ना रक्षामन्त्रीलाई सल्लाह दिए।  उक्त अवसरमा ट्रम्पले आप्रवासीहरुलाई दिने कडा उपाय के…

    विस्तृतमा पढ्नुस्

  • ​सौर्य उर्जामा सर्वसाधरणको आकर्षण, बैंकबाट ऋण लिएर जडान गर्ने क्रम बढ्दो

    कञ्चनपुर : बिना धितो निर्धन उत्थान बैंक लिमिटेड झलारी शाखा कार्यालयबाट कर्जा लिई १९४ जनाले सौर्य ऊर्जा प्रणाली जडान गरेका छन्।  समूह जमानीका आधारमा बैंकबाट कर्जा लिई झलारी पिपलाडी, बेदकोट र कृष्णपुरका बासिन्दाले सौर्य ऊर्जा प्रणाली जडान गरेका हुन्।  बढ्दो विद्युत्भार कटौतीबाट छुटकारा पाउनका लागि बैंकले गठन गरेका समूहमा आबद्ध सदस्यले रातका बेला घर उज्यालो पार्न, रेडियो, टिभी चलाउन, चिसोमा…

    विस्तृतमा पढ्नुस्

  • ​अपरमाई हाइड्रोपावरको काम अन्तिम चरणमा, दुई महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य

    इलाम : मावु गाविसमा निर्माण भएको अपरमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।  दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ।  रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए।  अपरमाईबाट…

    विस्तृतमा पढ्नुस्

  • ​भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट एक युवतीको मृत्यु, दुईजना घाइते

    पोखरीया (पर्सा) : पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ । ठक्करवाट दुईजना गम्भीर घाइते भएका छन्।  वीरगन्जबाट बाराको परवानीपुरतर्फ जाँदै गरेको पिबी ६५ एम ९०८६ नं’को ट्रकले वीरगन्जतर्फ आउँदै गरेको ना२७प ९०८६ नंको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा बारा जिल्ला निवासी १७ वर्षीया ओमरावती कुमारी साहलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • मधेस-पहाडको दुरी बढाएर एमालेले अस्थिरता निम्त्याइरहेको छ : निधि

    मधेस-पहाडको दुरी बढाएर एमालेले अस्थिरता निम्त्याइरहेको छ : निधि

    फलेवास (पर्वत) : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाएका छन्। पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयमा आज आयोजित रजतजयन्ती समारोहमा उनले भने 'एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको छ।' उपप्रधानमन्त्री निधिले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दुरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक संस्थान खेलकूद प्रतियोगिता मङ्गलबारदेखि

    काठमाडौँ : दशौँ सार्वजनिक संस्थान खेलकूद प्रतियोगिता नेपाल टेलिकम कप-२०७३ आगामी मङ्गलबारदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता सार्वजनिक संस्थान खेलकूद विकास सङ्घ नेपालको आयोजनामा यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिए।  प्रतियोगितामा पुरुष भलिबल, टेबल टेनिस र बुद्विचाल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन्। भलिबलमा नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, जनक शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न पाँच अर्ब निकासा

    बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न पाँच अर्ब निकासा

    काठमाडौँ : बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न रु पाँच अर्ब रकम निकासा दिएको छ।   आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत धादिङ जिल्ला प्रशासन कार्यालयलाई रु दुई अर्ब ५० करोड र गोरखा जिल्ला प्रशासन कार्यालयका लागि रु दुई अर्ब ५० करोड रकम अख्तियारी दिइएको छ।   पहिलो चरणमा…

    विस्तृतमा पढ्नुस्

  • ​गणतन्त्र स्मारक : तीन बर्षमा सक्ने लक्ष्य, साढे चार बर्षसम्म पूरा भएन

    काठमाडौं : नारायणहिटी परिसरमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माणमा डेढ वर्ष ढिलाइ भएको छ।  नेपाल सरकारको २०६९ साल मङ्सिर २२ गतेको निर्णयअनुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी विकोई स्काई बङ्गलामुखी ज्वाइन्ट भेञ्चर (विकोई विल्डर्स प्रालि, स्काई विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्ट्रक्सन प्रालि)लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिए पनि निर्धारित समयभन्दा डेढ वर्ष ढिलाइ हुन लागेको हो।  कम्पनीका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell