PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चितवनमा बस पल्टँदा १० जना घाइते, एकको अवस्था गम्भीर



रासस

चितवन : पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार ना ५ ख  ११२१ नंको बस बिहान ९:३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको हो। दुर्घटनाका घाइतेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र  प्रहरीले जनाएको छ। बसमा २८ जना सवार रहेको बुझिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell