PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​एमाले वैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक



रासस

काठमाडौं : नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ । 

भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए। 

आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो। 

उहाँलाई थप उपचारका लागि आज बिहान काठमाडाँै ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell