PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

सार्वजनिक संस्थान खेलकूद प्रतियोगिता मङ्गलबारदेखि



रासस

काठमाडौँ : दशौँ सार्वजनिक संस्थान खेलकूद प्रतियोगिता नेपाल टेलिकम कप-२०७३ आगामी मङ्गलबारदेखि सञ्चालन हुने भएको छ।

प्रतियोगिता सार्वजनिक संस्थान खेलकूद विकास सङ्घ नेपालको आयोजनामा यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिए। 

प्रतियोगितामा पुरुष भलिबल, टेबल टेनिस र बुद्विचाल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन्। भलिबलमा नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा राष्ट्रिय वाणिज्य बैंकबाट सहभागिता हुने छ।

त्यसैगरी नेपाल टेलिभिजन, नेपाल एसबिआई बैंक, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र उदयपुर सिमेन्ट लिमिटेडले टेबल टेनिस र बुद्विचालमा भाग लिने आयोजकका अध्यक्ष आचार्यले बताए।

टेबल टेनिस र बुद्विचालमा सहभागी अन्य संस्थामा ललितपुर उप–महानगरपालिका, नेसनल ट्रेडिङ सेन्टर, सांस्कृतिक संस्थान, नेपाल आयल निगम, सिदार्थ बैंक र कृषि विकास बैंक छन्। प्रतियोगितामा महिला र पुरुष गरी कूल २४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा आठ स्वर्ण, आठ रजत तथा १४ कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ। भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेपको कभर्डहलमा हुनेछ भने टेबल टेनिस र बुद्विचाल लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। प्रतियोगिता सञ्चालनमा सात लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell