PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • जलेर महिलाको मृत्यु

    इलाम  : इलाम सोयाङ्की एक महिलाको मङ्गलबार जलेर मृत्यु भएको छ। सोयाङ–२ की ५० वर्षीया उमादेवी अधिकारीको घरभित्रै जलेर मृत्यु भएको हो।   घरमा एक्लै बसेकी उनले शरीरमा मट्टितेल छर्केर आगो लगाई मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए। रासस

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

    इनरुवा : सुनसरीको बक्लौरी गाविस–२ मा ट्याक्टरको ठक्करबाट आज पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी जेनिशा गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय पञ्चायत माविबाट सरस्वती पूजा गरी साइकलमा घरतर्फ आउने क्रममा लडेकी गिरीलाई को १ त २३३२ नंको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भई तरहरा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले…

    विस्तृतमा पढ्नुस्

  • तीन दिनका लागि तातोपानी कुण्ड बन्द

    बेनी (म्याग्दी) : प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबारदेखि तीनदिनका लागि बन्द गरिएको छ।   गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको प्रवचनमा बिरामीले चासो देखाएपछि तीन दिनसम्मलाई बन्द गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।   महायज्ञ अवधिभर २ बजेपछाडि कुण्डमा स्नान गर्न आएका बिरामी महायज्ञस्थलमा जाने…

    विस्तृतमा पढ्नुस्

  • गीतकार किरण खरेललाई 'माधव घिमिरे गीत पुरस्कार'

    गीतकार किरण खरेललाई 'माधव घिमिरे गीत पुरस्कार'

    काठमाडौँ : वरिष्ठ गीतकार किरण खरेललाई यस वर्षको माधव घिमिरे गीत पुरस्कारबाट सम्मान गरिएको छ।   अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको एक कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले उनलाई सो पुरस्कारबाट सम्मान गरे। पुरस्कारको राशि रु २१ हजार छ।   सो अवसरमा राष्ट्रकवि घिमिरेले नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले ती सबैको एकताबाट नै देश समृद्ध हुने बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • हिमाली क्षेत्रमा ट्रेकिङ जाँदै हुनुहुन्छ? विचार पुर्‍याउनुस्, एकैपटक अग्लो ठाउँमा जाँदा बिरामी परिएला

    काठमाडौँ : यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पुर्‍याउनुहोस्, बिरामी पर्नुहोला।   पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बु लगायत जिल्लामा कम उचाइको क्षेत्रबाट बढी उचाइको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन्।   हिमालय उद्धार सङ्घले सन् २०१६ मा लेक लागेका २ हजार ७ व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने झन्डै ४…

    विस्तृतमा पढ्नुस्

  • सार्क कार्यक्रम समिति बैठक भोलि काठमाडौंमा, ८ देशकै प्रतिनिधिको सहभागिता रहने

    सार्क कार्यक्रम समिति बैठक भोलि काठमाडौंमा, ८ देशकै प्रतिनिधिको सहभागिता रहने

    काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार काठमाडौंमा बस्दैछ।   सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो। सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेशरबाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन्।   गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै…

    विस्तृतमा पढ्नुस्

  • बसले ठक्कर दिँदा मलेसियामा एक नेपालीको मृत्यु

    राजविराज : वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ।   मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ। ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिन अगाडि मृत्यु भएको थियो।   मृतकको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको उनका परिवारका…

    विस्तृतमा पढ्नुस्

  • ​धुर्मुस–सुन्तलीलाई मुसहर बस्ती निर्माणमा सहयोग गर्न भण्डारीको आग्रह

    ​धुर्मुस–सुन्तलीलाई मुसहर बस्ती निर्माणमा सहयोग गर्न भण्डारीको आग्रह

    बर्दिवास : राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान गर्न आम समुदायसँग अपिल गरेका छन्।  राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी रहनुभएका अध्यक्ष भण्डारीले औरहीस्थित निवासमा सञ्चारकर्मीसँग राष्ट्रिय एकतालाई बल पु¥याउने धुर्मुस–सुन्तलीको बस्ती बनाउने अभियानलाई सघाउन जनश्रमदानका लागि सार्वजनिक अपिल गरेका हुन्।  धुर्मुस–सुन्तलीले काभ्रेपलाञ्चोक जिल्लाको पहरी बस्ती तथा सिन्धुपाल्चोकको गिरानचौर…

    विस्तृतमा पढ्नुस्

  • ​सोलुखोला जलविद्युतको ऋण सम्झौता : साढे तीन अर्व लागत, तीन बर्षमा सक्ने लक्ष्य

    काठमाडौँ : माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।  आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे।  कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा रु दुई अर्ब…

    विस्तृतमा पढ्नुस्

  • ​मोरङमा रेबिजबिरुद्धको सुई अभाव, निःशुल्क सुईको ६ सय रुपैयाँ तिर्न बिरामी बाध्य

    उर्लाबारी (मोरङ) : मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ।  सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन्। महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन्। निःशुल्क रुपमा पाइने सुई निजी क्लिनिकबाट रु ६०० तिर्नुपर्दा बिरामी मर्कामा परेका छन्।  सरकारको सरुवा रोग नियन्त्रण महाशाखाले पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरबाट…

    विस्तृतमा पढ्नुस्

  • ​विद्यालयलाई तीस लाख रुपैयाँको जग्गादान

    बाबियाचौर : बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन्।  विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो ।  तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उहाँकी श्रीमती तारा अधिकारी शर्माले…

    विस्तृतमा पढ्नुस्

  • ​फोटोसहितको मतदाता नामावलीमा भोजपुरमा दुईहजारको नाम दर्ता

    भोजपुर : फोटोसहितको मतादाता नामावली संकलमा भोजपुरका दुई हजार तीनजना मतदाताले हालसम्म नाम दर्ता गराएका छन्।  जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्धारण गरेको ७५ दर्ता स्थलमा नाम दर्ता गराएकामध्ये ७९७ महिला र एकहजार २०३ पुरुषले नाम दर्ता गराएका छन्।   मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटोसहितको नामावली समावेश गर्ने, नाम हटाउने, सार्ने र…

    विस्तृतमा पढ्नुस्

  • ​रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण हुँदै, पुरानै शैलीमा बन्ने

    ​रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण हुँदै, पुरानै शैलीमा बन्ने

    काठमाडौं : केही समयमा नै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ।  रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो।  मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने कामपाले नै गर्दै आएको छ। अहिले पोखरी वरपर पर्खाल निर्माण गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​बेवारिसे अवस्थामा महिलाको शव फेला

    सिन्धुली : सिन्धुलीको जनकन्या गाविस–१ सोलाभञ्ज्याङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ।  तराई मुलकी जस्तो देखिने अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  वनमा नामथर, बतन समेत नखुलेकी रातो रङ्गको कुर्तासुरुवाल लगाएकी, उचाइ पाँच फिट, तराईवासी जस्तो देखिने महिलाको शव फेला परेकाले अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवासचन्द्र…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचनपछि कांग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ : नेता खनाल

    ​निर्वाचनपछि कांग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ : नेता खनाल

    इलाम : पूर्वप्रधानमन्त्री झलनाथ खनालले आवश्यक परे मात्र तीनतहको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन्।  संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा सोमबार इलामको लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका हुन्।  नेपाली काँग्रेस र नेकपा (माओवादी (केन्द्र)…

    विस्तृतमा पढ्नुस्

  • दुई ट्रक ठोक्किँदा तीन घाइते

    चितवन : काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रक आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • ​भारत हुँदै कुवेत लैजान लागिएका महिलाको उद्धार, दुई जना प्रहरी नियन्त्रणमा

    ​भारत हुँदै कुवेत लैजान लागिएका महिलाको उद्धार, दुई जना प्रहरी नियन्त्रणमा

    गुलरिया : नेपालबाट भारतीय भूमि हुँदै कुवेत लैजान लागिएका तीन महिलालाई बर्दियाको सानोश्री तारातालबाट उद्धार गरिएको छ।  भारतको नयाँ दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङ भनिने एक व्यक्तिले मोटो रकम दिने आश्वासनका आधारमा म्याग्दी घर बताउने धनवीर पुनको जिम्मामा बर्दियाका स्थानीय एजेन्टका रुपमा सीमा पार गराउने खैरिचन्दनपुर–४ का रतन विक र निजको साला ढोढरी बेलुबा चोक बस्ने अर्जुन विकले…

    विस्तृतमा पढ्नुस्

  • ​विद्युत् प्राधिकरण हेटौंडामा मात्रै ५३ करोडको विद्युत् चुहावट, कर्मचारीको मिलेमतोमा चोरी

    ​विद्युत् प्राधिकरण हेटौंडामा मात्रै ५३ करोडको विद्युत् चुहावट, कर्मचारीको मिलेमतोमा चोरी

    काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ ।  प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ। ती दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा चुहावट भएको पाइएको छ।  ग्रामीण क्षेत्रका साना घर,…

    विस्तृतमा पढ्नुस्

  • ​भारतबाट अवैद्य रुपमा अण्डा भित्रिने क्रम बढ्दो, प्रशासनले सक्रियता देखाएन

    वीरगञ्ज : नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ।  बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु¥याउने गरेका छन्।  बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लागि राखिए पनि…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेस महामन्त्री कोइराला भन्छन्- ‘दलहरुबीच सहमतिको विकल्प छैन’

    ​कांग्रेस महामन्त्री कोइराला भन्छन्- ‘दलहरुबीच सहमतिको विकल्प छैन’

    नवलपरासी : नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन्। सहिद दिवसका अवसरमा नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा. कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन्।  उनले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार व्यक्त गरे। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell