PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​फोटोसहितको मतदाता नामावलीमा भोजपुरमा दुईहजारको नाम दर्ता



रासस

भोजपुर : फोटोसहितको मतादाता नामावली संकलमा भोजपुरका दुई हजार तीनजना मतदाताले हालसम्म नाम दर्ता गराएका छन्। 

जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्धारण गरेको ७५ दर्ता स्थलमा नाम दर्ता गराएकामध्ये ७९७ महिला र एकहजार २०३ पुरुषले नाम दर्ता गराएका छन्।  

मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटोसहितको नामावली समावेश गर्ने, नाम हटाउने, सार्ने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउनेलगायतको कार्य भइरहेको कार्यालयले जनाएको छ। 

नामावली सङ्कलन र अध्यावधिकका लागि निर्वाचन कार्यालयले छवटा टोलीलाई परिचालन गरेको छ। गत पुस १० गतेदेखि यही माघ २० गतेसम्म नामावली सङ्कलन तथा अध्यावधिकको कार्य गरिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell