PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सार्क कार्यक्रम समिति बैठक भोलि काठमाडौंमा, ८ देशकै प्रतिनिधिको सहभागिता रहने



रासस

सार्क कार्यक्रम समिति बैठक भोलि काठमाडौंमा, ८ देशकै प्रतिनिधिको सहभागिता रहने

काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार काठमाडौंमा बस्दैछ।
 
सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो। सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेशरबाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन्।
 
गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले बताए।
 
पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell