PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दुई ट्रक ठोक्किँदा तीन घाइते



रासस

चितवन : काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रक आज बिहान ३ः३० बजे एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा परी ना ५ ख ८६६२ नम्बरका ट्रक चालक मकवानपुर भैसे गाविस–२ का ४० वर्षीय पशुपति थापा गम्भीर घाइते भएका छन्। 

सोही ट्रकका सोही ठाउँका सहचालक २२ वर्षीय विमल आलेमगर र अर्का ट्रकका चालक दोलखाका २८ वर्षीय राजु लामा पनि घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। 

दुई ट्रक ठोक्किएपछि अवरुद्ध सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिनबाट १० किलोमिटर काठमाडौँतर्फ पर्दछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell