PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • घलेगाउँ घुम्न आउने पर्यटकलाई आचारसंहिता

    बेँसीसहर (लमजुङ) : सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ। घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो।   सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ। नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ।   पर्यटकले स्थानीय उत्पादन बाहेक गाउँमा उपलब्ध नहुने कुनै…

    विस्तृतमा पढ्नुस्

  • विज्ञहरुको सुझाव- 'सबैको पहुँचमा पुग्ने गरी शिक्षालाई गुणस्तरीय बनाऊ'

    काठमाडौँ : शिक्षालाई गुणस्तरीय बनाउन र त्यसमा सबैको पहुँच पुर्‍याउन शिक्षाविद्हरुले सुझाव दिएका छन्।   शिक्षा मन्त्रालय, शिक्षा विभागद्वारा आज काठमाडौँमा आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाले व्यावहारिक र गुणस्तरीय शिक्षामा साझा प्रयासको आवश्यकता औँल्याए।   शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सबै विद्यार्थीलाई विद्यालयसम्म ल्याउनु, शिक्षामा सबैलाई समान पहुँचको अवसर दिनुलगायत शिक्षाको सवालमा राज्यसँग धेरै…

    विस्तृतमा पढ्नुस्

  • नेपाली वस्तु प्रवर्द्धन गर्न छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने सहमति

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकका १६ वटा सहरमा नेपाली वस्तुको बिक्री प्रवर्द्धनलाई प्रोत्साहन गर्न छुट्टै प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी र उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेको उपस्थितिमा उद्योग मन्त्रालयका तर्फबाट सहसचिव दिनेश घिमिरेले र काठमाडौँ महानगरपालिकाका तर्पबाट महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले…

    विस्तृतमा पढ्नुस्

  • ठेक्कापट्टा चाँडो सक्न सरकारलाई लेखा समितिको निर्देशन

    काठमाडौँ : चालु आर्थिक वर्षमा स्वीकृत हुन बाँकी रहेका कार्यक्रम आगामी फागुन १५ गतेभित्र स्वीकृत गराई र ठेक्कापट्टाको काम गर्न गराउन व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। बजेट कार्यान्वयन, सञ्चित रकमको खर्च र बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता व्यवस्थापनका विषयमा आज बसेको समितिको बैठकले मुख्य सचिवमार्फत सरकारलाई सो निर्देशन दिएको हो। समितिका सभापति डोरप्रसाद उपाध्ययले बजेट कार्यान्वयनको प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र बिम्स्टेक महासचिवबीच भेटवार्ता

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव सुमित नाकान्दाले आज भेटवार्ता गरेका छन्। बिम्स्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग उनको निवास बालुवाटारमा आज साँझ महासचिव सुमितले भेट गरी बिमस्टेक सम्मेलनको तयारीबारे कुराकानी गरेका छन्। बिम्स्टेक सम्मेलनको तयारी र त्यहाँ उठाइने एजेण्डाबारे उनीहरुबीच कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले सञ्चारकर्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • ​सल्यानको पश्चिमी क्षेत्रमा भालु आतंक, स्थानीय त्रसित

    सल्यान : पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन्।  कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको छ। भालुले यही माघ १७ गते कालीमाटी रामपुर–६ कालाखोला निवासी ५४ वर्षीय डम्बरबहादुर वलीलाई राति आक्रमण गरी गम्भीर घाइते बनाएकामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।  यसअघि पनि भालुले कालिमाटी रामपुरका दुई र लक्ष्मीपुर…

    विस्तृतमा पढ्नुस्

  • ​करेन्ट लागेर दुई जनाको मृत्यु, दुई घाइते

    उर्लाबारी (मोरङ) : बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ।  रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो।  विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • प्रेस चौतारी पुरस्कार अर्याल र केसीलाई

    इलाम : प्रेस चौतारी इलामले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७३’ गणेश अर्याललाई प्रदान गरिएको छ।  चौतारीको १९औँ स्थापना दिवसका अवसरमा शनिबार रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो। स्थापना दिवस कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले अर्याललाई दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गरे।  इलामको कोल्बुङ घर भएका अर्याल एक दशकयता पत्रकारितामा क्रियाशील छन्। ‘आँखा’ साप्ताहिकबाट पत्रकारिता सुरु…

    विस्तृतमा पढ्नुस्

  • ​पर्वत महोत्सव सम्पन्न, करिब पाँच करोड रुपैयाँ बराबरको कारोबार

    फलेवास (पर्वत) : सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ।  माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताए। कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए।  समापन कार्यक्रममा मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले महोत्सवबाट…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्व प्रभावित बालबालिकालाई शैक्षिक सहयोग

    रोल्पा : जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ।  द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला बालकल्याण समिति…

    विस्तृतमा पढ्नुस्

  • फागुन १ गते नेपाल-भारत सीमा दुई दिन बन्द हुने

    भीमदत्तनगर : भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ।   दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए।   आगामी फागुन ३ गते निर्वाचन तोकिएकाले फागुन…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयले बेवास्ता गर्दा बिदाको सूची नराखी नयाँवर्षको पात्रो छापिँदै

    गृह मन्त्रालयले बेवास्ता गर्दा बिदाको सूची नराखी नयाँवर्षको पात्रो छापिँदै

    काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ। समितिले २०७४ मा पात्रो प्रकाशन गर्न तोयानाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ। समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले दिएको जानकारीअनुसार गृह मन्त्रालयले २०७४…

    विस्तृतमा पढ्नुस्

  • गृहकार्यविना नयाँ श्रम गन्तव्य खुला गरिँदै, नेपाली कामदार समस्यामा

    किरण भट्टराई   काठमाडौँ : विना गृहकार्य वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मुलुक खुला गरिँदा नेपाली कामदारले विदेशमा समस्या भोग्नु परेको छ।   कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बिमा, कानुनी सेवा लगायतका आधारभूत अधिकारबाट समेत वञ्चित हुनपरिरहेको छ।   सरकारले गन्तव्य मुलुकसँग ‘द्विपक्षीय श्रम सम्झौता’ नगर्ने तर रोजगारीका…

    विस्तृतमा पढ्नुस्

  • खाद्य सम्प्रभुताका लागि दक्षिण एसियाली किसानको जोड

    काठमाडौँ : मौलिक हकका रुपमा खाद्य सम्प्रभुतालाई प्रभावकारी कार्यान्वयन हुनुपर्नेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको सम्मेलनपछि महासचिव बलराम बाँस्कोटाद्वारा आज जारी विज्ञप्तिमा नवउदारवादले सिर्जना गरेको नाफामुखी अर्थतन्त्रलाई अन्त्य गरी न्याय र समतामूलक समाजवादको स्थापनाका लागि जनस्तरबाट साझा पहल गर्ने घोषणा पनि गरिएको छ। यस क्षेत्रका प्रगतिशील र…

    विस्तृतमा पढ्नुस्

  • सञ्चार ग्राममा ‘पत्रकार स्मारक’ बन्दै

    सञ्चार ग्राममा ‘पत्रकार स्मारक’ बन्दै

    काठमाडौँ : प्रेस काउन्सिल नेपालले सञ्चार ग्रामस्थित आफ्नो कार्यालय भवन अगाडि ‘पत्रकार स्मारक’ स्थापना गर्ने भएको छ।   कलम चलाएर पत्रकार वर्गले समाज र राष्ट्रलाई पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै यस्तो स्मारक निर्माण गर्न लागिएको हो। यसले दिवङ्गत पत्रकारप्रति सम्मान र सङ्घर्षशील पत्रकारलाई प्रोत्साहन गर्ने काउन्सिलको भनाइ छ।   'सामाजिक रुपान्तरणका लागि पत्रकारले निभाएको भूमिकालाई झल्काउन पत्रकारले प्रयोग गर्ने डायरी,…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प प्रभावित सबै गाउँमा दक्ष कामदारका लागि तालिम दिइने

    काठमाडौँ : भूकम्पपछिको पुननिर्माणमा दक्ष कामदारको अभाव हुन नदिन राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले आज काठमाडौँमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा नेपाली सेनाका २०० प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण दिइरहेको जानकारी दिए। 'दक्ष कामदार बढाउन प्राधिकरणका एकजना कार्यकारी सदस्यलाई तालिम नै हेर्ने गरी जिम्मेवारी तोकिएको छ, तालिममा बढी…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीले चैतदेखि मलेसियामा कामदार पठाउन रोक्ने, श्रममन्त्रीलार्इ आइतबार ज्ञापनपत्र बुझाए

    व्यवसायीले चैतदेखि मलेसियामा कामदार पठाउन रोक्ने, श्रममन्त्रीलार्इ आइतबार ज्ञापनपत्र बुझाए

    काठमाडौँ : मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको पैसा लिन बन्द नगरे नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ । संघले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने र सो नहटाएमा आगामी चैत १ गतेदेखि मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेखोलामा २८ वर्षिय युवतीको हत्या

    काभ्रेखोलामा २८ वर्षिय युवतीको हत्या

    खोटाङ : खोटाङको जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ। शनिबार अन्दाजी २८-३० वर्षीया युवतीको शव फेला परेको हो। शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए। घटनास्थलमा आलै रगत र मृत महिलाको घाँटी तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट…

    विस्तृतमा पढ्नुस्

  • मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    बनेपा : काभ्रेपलाञ्चोकको मेच्छेपौवा गाविस–३ लुङसालमा आज भएको दुर्घटनामा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। आफ्नो घर बनाउन मङ्गलटारको स्थानीय नदीबाट बालुवा बोकेर मेच्छेपौवा जाँदै गरेको बा ३ ख ४१०० नं को मिनी ट्रक दुर्घटना हुँदा मेच्छेपौवा–३ निवासी सन्तमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। सो…

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिगत लगानीमा धर्मशाला निर्माण

    दाङ : यहाँका एकजना दाताले दाङको तुलसीपुर–१९ शीतलपुुर मन्दिर नजिकै धर्मशाला निर्माण गरेका छन्। रु छ लाखको लागतमा नारायणप्रसाद गौतम र शान्ता गौतमले बनाएको धर्मशाला चार कोठाको छ।  रातबिरातमा आउने यात्री तथा मन्दिरमा रहने भक्तजनलाई बस्न सुुविधाका लागि धर्मशाला निर्माण गरेको दाता गौतमले बताए। धर्मशालाको बिहीबार नेपाल संस्कृत विश्वविद्यालय वेलझुुन्डिका उपकुुलपति कुुलप्रसाद कोइरालाले उदघाटन गरे।  बनाएको धर्मशाला स्थानीय सिद्धेश्वर शिवमन्दिर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell