PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

खाद्य सम्प्रभुताका लागि दक्षिण एसियाली किसानको जोड



रासस

काठमाडौँ : मौलिक हकका रुपमा खाद्य सम्प्रभुतालाई प्रभावकारी कार्यान्वयन हुनुपर्नेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ।

अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको सम्मेलनपछि महासचिव बलराम बाँस्कोटाद्वारा आज जारी विज्ञप्तिमा नवउदारवादले सिर्जना गरेको नाफामुखी अर्थतन्त्रलाई अन्त्य गरी न्याय र समतामूलक समाजवादको स्थापनाका लागि जनस्तरबाट साझा पहल गर्ने घोषणा पनि गरिएको छ।

यस क्षेत्रका प्रगतिशील र समाजवादी आन्दोलनमा आवद्ध किसान सङ्गठन, श्रमिक सङ्गठन, युवा र महिला किसान सहभागी सम्मेलनमा स्थानीय उत्पादनको उपयोग बढाउन, स्रोत र साधन तथा उत्पादानका साधनमा समान वितरणको प्रणाली लागू गर्न पनि जोड दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell