PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

फागुन १ गते नेपाल-भारत सीमा दुई दिन बन्द हुने



रासस

भीमदत्तनगर : भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ।
 
दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए।
 
आगामी फागुन ३ गते निर्वाचन तोकिएकाले फागुन १ गते बेलुकी ५ बजेबाट फागुन ३ गतेसम्म गड्डाचौकी नाकामा नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय भएको उनले बताए।

निर्वाचनका समयमा सो नाका भएर नेपाल–भारत वारपार गर्ने तेस्रो मुलुकका नागरिकलाई प्रमाणसहित आवतजावत गर्न दिने सहमतिसमेत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 
सीमावर्ती भारतीय सहर बनबासामा बसेको बैठकमा अत्यावश्यक सवारीसाधनलाई सुचारु भएका वैधानिक नाकाहरूबाट मात्रै निर्वाचन अवधिभर सञ्चालन हुने प्रहरी उपरीक्षक चन्दले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell