PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै साँखु बन्द, यात्रु मर्कामा

    काठमाडौँ : शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै आज बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण यात्रु मर्कामा परेका छन्।   स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै आज साँखु बन्द गरिएका कारण शाली नदी आउनेजाने तीर्थयात्रु मर्कामा परेका हुन्।   ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व…

    विस्तृतमा पढ्नुस्

  • हत्यारालाई कारबाहीको माग गर्दै महिला आन्दोलित

    जाजरकोट : राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जाजरकोटका महिला आन्दोलित भएका छन्। राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन्। यही माघ २३ गते बिहान भेरीमालिका–४ बोहराकी २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो। हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो। सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो। हत्या गरेको…

    विस्तृतमा पढ्नुस्

  • बाबुले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु

    कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ। गएराति ११.३० बजे घोडाघोडी नगरपालिका-१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उनका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बाबु छोराबीच जग्गाको विषयमा विवाद हुँदा बावुले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए। घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • बसले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु

    पाल्पा : पाल्पा जिल्ला कुखुमखोला गाविस–७ गोहदीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ। कुखुमखोला–८ की ८ वर्षीय सविना बगालेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भैरव मेमोरियल बोर्डिङ स्कुलको लु १ ख ११३० नम्बरको बस गुडिरहेका बेला बगालेले सडक पार गर्ने क्रममा बसको ठक्करले उनको मृत्यु भएको हो।

    विस्तृतमा पढ्नुस्

  • काभ्रेपलाञ्चोकका चार हजारभन्दा बढीले पुननिर्माण अनुदान नपाउने

    बनेपा : काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुननिर्माण अनुदान नपाउने भएका छन्। साविकको घर बस्न योग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित वासस्थान भएकाले उनीहरुले आवास पुननिर्माण अनुदान नपाउने भएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए। यो पहिलो चरणमा आएको तथ्याङ्क हो अन्य पनि क्रमशः आउँछन् उनले भने। २०७२ सालमा…

    विस्तृतमा पढ्नुस्

  • ​नलसिङगाड जलविद्युत् आयोजनाको प्रवेशमार्ग खन्ने क्रममा एक मजदुरको मृत्यु

    जाजरकोट : नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा जुटेका एक मजदुरको मृत्यु भएको छ।  लहँ गाविसको गेडेनी भिरमा विस्फोटन गर्दा माथिबाट आएको ढुङ्गाले थिच्दा रुकुम घेत्मा गाविस–२ का २७ वर्षीय अन्नत कामीको मृत्यु भएको हो।  घाइते भएका विकलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याउँदा ल्याउँदै बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। पहँुच मार्ग निर्माण गर्ने स्थलमा कडा चट्टान मात्र…

    विस्तृतमा पढ्नुस्

  • पानीमा भेटियो दिसामा पाइने जीवाणु

    मलेखु : गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ।  बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी जाँच गर्दा ११ मुहानको पानीमा कोलीफर्म भेटिएको हो। कोसोक नेपालले युएमएनको सहयोगमा बसेरी स्वास्थ्यचौकीको अगुवाइमा खानेपानी परीक्षण गरेको हो।  यहाँका मुहानबाट पानीको नमुना लिएर जाँच गर्दा यसमा देखिएको कोलीफर्मले मानिस बिरामी हुने र महामारी…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनामा दुई सयलाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण

    तीन महिनामा दुई सयलाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण

    खजुरा : जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ।  नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए। पन्थका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन्।  जिल्ला प्रशासन कार्यालय बाँकेले…

    विस्तृतमा पढ्नुस्

  • ​पोखरामा ५३ लाखको लागतमा विद्यालयको आधारभूत भवन निर्माण

    पोखरा : पोखरा उपमहानगरपालिका–१७ महतगौँडास्थित जानकी आधारभूत विद्यालयको पक्की भवन रु ५३ लाख ३३ हजार छ सय ७० को लागतमा बनेको छ।  जिल्ला शिक्षा कार्यालय कास्कीका विभिन्न कार्यक्रमअन्तर्गत रु ११ लाख, पोखरा उपमहानगरपालिकाको रु नौ लाख ४८ हजार, सिद्धार्थ क्लब (बिडीआरसी) कार्यक्रमअन्तर्गत रु १० लाख ५० हजार, निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट रु नौ लाख, चन्दा सङ्कलनबाट करिब रु सात…

    विस्तृतमा पढ्नुस्

  • ​पाँच किलो चरेससहित भारतीय नागरिक वीरगन्जमा पक्राउ

    वीरगन्ज : सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले आज बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ।  काठमाडाँैबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्षक सुशील सुवेदीले बताए।  अभियुक्त सदामले काठमाडाँैका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्‌याएबापत भारु १०…

    विस्तृतमा पढ्नुस्

  • ​रानीपोखरी पुनर्निर्माणअघि माटो परीक्षण गरिने

    ​रानीपोखरी पुनर्निर्माणअघि माटो परीक्षण गरिने

    काठमाडौ‌ँ : रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको छ।  रानीपोखरीको पुनर्निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ। पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच गर्न विभागले यसै साता माटो परीक्षण गर्न लागेको छ ।  गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै…

    विस्तृतमा पढ्नुस्

  • ​हिमनदीको पानीबाट सय किलोवाट क्षमताको विद्युत् आयोजना बन्ने

    रसुवा : कादूरी नामक गैससको आर्थिक एवम् प्राविधिक सहयोगमा हिमनदीको पानीलाई सदुपयोग गर्दै क्याङजेन नजिक एक सय किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण हुने भएको छ।  भूकम्पले प्रभावित तुल्याएको लाङटाङ क्षेत्रमा अहिले आवास तथा होटल पुनःनिर्माण एवम् सुदृढीकरण गर्ने कार्य प्रायः सम्पन्न भइसकेको छ। पर्यटक आउने वातावरण सिर्जना भइसकेको र अब निर्माण हुने विद्युत् आयोजनाले सबै क्षेत्रमा सहज हुने विद्युत् निर्माण…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको जिल्ला अधिवेशन सुरु

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि आज देशभर जिल्ला अधिवेशन भइरहेको छ। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न सो अधिवेशन गरिएको हो।   देशका ७५ जिल्लामा एकै दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त अधिवेशनमा प्रत्येक जिल्लाबाट नौजनाको अनुपातमा देशभरबाट ६७५ केन्द्रीय प्रतिनिधि छनोट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।   सो…

    विस्तृतमा पढ्नुस्

  • ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने रोग अधिक

    नेपालगन्ज : बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेको छ। जनस्वास्थ्य कार्यालयले केही महिनाअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो। कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइएको छ। विशेषतः जिल्लाको गनापुर, साइगाँउ, नौवस्ता,…

    विस्तृतमा पढ्नुस्

  • पाँच सूत्रीय माग राखी स्थानीय निकायका कर्मचारी विरोधमा

    कञ्चनपुर : जिल्लास्थित स्थानीय निकायका कर्मचारी मङ्गलबारदेखि कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन्। स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन्। नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका कर्मचारीले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जिविस, महानगरपालिका,…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक वनमा काठ तस्करी बढ्यो

    गौशाला : महोत्तरी जिल्लाको सामुदायिक वनमा केही समययता काठ तस्करीमा वृद्धि भएको छ। समुदायलाई हस्तान्तरण गरिएको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, सिसौँलगायतका मूल्यवान प्रजातिका पुराना रुखको तस्करी निकै बढेको पाइएको छ। वन गस्तीका क्रममा रुख काटेर तस्करीका लागि लैजान ठिक पारेको अवस्थामा सयौँ क्युफिट काठ फेला परेपछि यहाँबाट काठको तस्करी व्यापक हुने गरेको रहस्य खुलेको छ। तस्करीका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • गौशाला नगरपालिकामा तालाबन्दी, मनपरी ढङ्गले कार्यालय सञ्चालन गरेको आरोप

    महोत्तरी : कार्यकारी अधिकृतले मनपरी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयवासीले महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरेका छन्। उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन्। गत माघ २० गते नगरपालिकाले निकालिएको बोलपत्रआह्वानको नतिजा पुनः परादर्शी ढङ्गले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरी वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानीयवासीको छ। कार्यकारी अधिकृतसँग…

    विस्तृतमा पढ्नुस्

  • अव्यवस्थित फुटपाथ व्यवसायले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    रत्ननगर (चितवन) : चितवनमा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। मुख्यगरी नारायणगढ बजार क्षेत्रमा अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदल हिँड्ने यात्रुसमेत प्रभावित भएको हालै गरिएको एक अध्ययनले देखाएको छ।  जिल्लाको बजार तथा ट्राफिक व्यवस्थापनमा देखिएको समस्याबारे अध्ययनका लागि गठित कार्यदलले भरतपुर र नारायणगढ बजारमा अध्ययनमा क्रममा यस्तो समस्या बढेको जनाएको हो।  कार्यदलका संयोजक तथा जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • विना अनुमति कक्षा थप्छन् निजी विद्यालय

    तेह्रथुम : जिल्लाका अधिकांश निजी विद्यालयले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरिरहेको आरोप लागेको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले विद्यालय दर्ता गरेर कक्षा सञ्चालन गर्ने, तर बर्सेनि थपिने कक्षाका लागि अनुमति नलिने गरेका हुन्। अङ्ग्रेजी माध्यमको शिक्षाप्रति बढ्दो आकर्षणका कारण गाउँ–गाउँमा व्यावसायिक उद्देश्यले विद्यालय खुल्नेक्रम बढ्दो छ। त्यस्ता निजी विद्यालयले विद्यालय सुरु गर्दादेखि थप कक्षा सञ्चालन तथा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरका भूकम्पपीडितलाई अनुदान वितरण, थप बीस करोड निकासा

    भक्तपुर : भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरु भएपछि अपुग रकममध्ये थप रु २० करोड निकासा भएको छ। जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड रकम तोकिएको बैंक मार्फत वितरण भइरहेको र अपुगमध्येको रकम माग भएअनुसार रु २० करोड थप निकासा भएर आएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell