PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

​हिमनदीको पानीबाट सय किलोवाट क्षमताको विद्युत् आयोजना बन्ने



रासस

रसुवा : कादूरी नामक गैससको आर्थिक एवम् प्राविधिक सहयोगमा हिमनदीको पानीलाई सदुपयोग गर्दै क्याङजेन नजिक एक सय किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण हुने भएको छ। 

भूकम्पले प्रभावित तुल्याएको लाङटाङ क्षेत्रमा अहिले आवास तथा होटल पुनःनिर्माण एवम् सुदृढीकरण गर्ने कार्य प्रायः सम्पन्न भइसकेको छ। पर्यटक आउने वातावरण सिर्जना भइसकेको र अब निर्माण हुने विद्युत् आयोजनाले सबै क्षेत्रमा सहज हुने विद्युत् निर्माण उपभोक्ता समितिका अध्यक्ष सुब्बा तामाङले बताए। 

आफ्नो संस्थाको रु आठ करोड लगानीमा निर्माण गरिने विद्युत् आयोजनाबाट लाङटाङको क्याङजेन क्षेत्रमा अवस्थित १०० घरलाई विद्युत् सेवा दिइने कादूरीका प्राविधिक परियोजना प्रबन्धक बालचन रानाले बताए। आयोजना आगामी सेप्टेम्बर(भदौ–असोज)सम्म पूरा हुने बताइएको छ । भूकम्पपछि लाङटाङ गाउँ पहिराले पुरेपछि विद्युत्विहीन भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell