PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

हत्यारालाई कारबाहीको माग गर्दै महिला आन्दोलित



रासस

जाजरकोट : राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जाजरकोटका महिला आन्दोलित भएका छन्।

राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन्।

यही माघ २३ गते बिहान भेरीमालिका४ बोहराकी २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो। हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो। सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो।

हत्या गरेको केही दिन बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको भन्दै महिला आन्दोलित भएका छन्। दोषीलाई कारबाही नहुन्जेलसम्म आन्दोलन नरोकिने स्थानीय शान्ता विकले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell