PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

​नलसिङगाड जलविद्युत् आयोजनाको प्रवेशमार्ग खन्ने क्रममा एक मजदुरको मृत्यु



रासस

जाजरकोट : नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा जुटेका एक मजदुरको मृत्यु भएको छ। 

लहँ गाविसको गेडेनी भिरमा विस्फोटन गर्दा माथिबाट आएको ढुङ्गाले थिच्दा रुकुम घेत्मा गाविस–२ का २७ वर्षीय अन्नत कामीको मृत्यु भएको हो। 

घाइते भएका विकलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याउँदा ल्याउँदै बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। पहँुच मार्ग निर्माण गर्ने स्थलमा कडा चट्टान मात्र छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell