PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

गौशाला नगरपालिकामा तालाबन्दी, मनपरी ढङ्गले कार्यालय सञ्चालन गरेको आरोप



रासस

महोत्तरी : कार्यकारी अधिकृतले मनपरी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयवासीले महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरेका छन्।

उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन्। गत माघ २० गते नगरपालिकाले निकालिएको बोलपत्रआह्वानको नतिजा पुनः परादर्शी ढङ्गले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरी वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानीयवासीको छ।

कार्यकारी अधिकृतसँग यी समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि त्यसलाई बेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको नागरिक वडामञ्चका पूर्वअध्यक्ष नवीनकुमार साहले बताए।

नगरपालिकाको मूलढोकामा तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell