PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

​पाँच किलो चरेससहित भारतीय नागरिक वीरगन्जमा पक्राउ



रासस

वीरगन्ज : सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले आज बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ। 

काठमाडाँैबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्षक सुशील सुवेदीले बताए। 

अभियुक्त सदामले काठमाडाँैका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्‌याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन्। लागुऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell