PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै साँखु बन्द, यात्रु मर्कामा



रासस

काठमाडौँ : शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै आज बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण यात्रु मर्कामा परेका छन्।
 
स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै आज साँखु बन्द गरिएका कारण शाली नदी आउनेजाने तीर्थयात्रु मर्कामा परेका हुन्।
 
ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै शङ्खरापुर भएर चल्ने सवारी साधन पसल सबै बन्द गरिएको स्थानीयवासी पवनलाल श्रेष्ठले जानकारी दिए।
 
बन्दले सिन्धुपाल्चोकको मेलम्ची चल्ने सवारी साधन आगमनमा समेत समस्या परेको थियो। बन्द गराउँदै हिँडेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाऊ सङ्घर्ष समिति गठन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell