PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • बजेट कतैबाट नमिलेपछि स्थानीयले थाले श्रमदानमार्फत नै सडक निर्माण

    तेह्रथुम : गाउँमा मोटर बाटो निर्माण गर्न कहीँकतैबाट बजेट उपलब्ध नभएपछि पन्चकन्या–९ फूलबारीका बासिन्दाले श्रमदानबाटै सडक निर्माण थालेका छन्।  गाविस, जिल्ला विकास समिति र अन्य निकायबाट सडक खन्न बजेट उपलब्ध नभएपछि यहाँका बासिन्दाले श्रमदानबाटै सडक निर्माण सुरु गरेका स्थानीय नारायण श्रेष्ठले बताए। 'धेरैतिर माग गरियो, तर कसैले सुनेनन्,' उनले भने। सडक नहुँदा गाउँमा खाद्यान्नलगायत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • दरबन्दीअनुसार कर्मचारी पूर्ति नहुँदा पुननिर्माणको काम अघि बढ्न सकेन

    काठमाडौँ : भूकम्पपछिको पुननिर्माणलाई तीव्रता दिन गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणमा दरबन्दीअनुसारका कर्मचारी पूर्ति हुन नसक्दा काम अघि बढ्न सकेको छैन।   प्राधिकरण केन्द्रीय कार्यालयमा ७० जना कर्मचारीको दरबन्दी रहेकामा २१ पद खाली रहेको प्राधिकरणका सचिव डा. सञ्जय शर्माले जानकारी दिए।   'प्राधिकरणमा प्राविधिकतर्फको सहसचिव एक, प्राविधिक उपसचिव तीन, प्राविधिक शाखा अधिकृत १०, शाखा अधिकृत प्रशासन एक र प्राविधिक नायब सुब्बा…

    विस्तृतमा पढ्नुस्

  • आधुनिक प्रविधिको प्रयोग बढेपछि परम्परागत काठेकोल लोप हुँदै

    तम्घास (गुल्मी) : आधुनिक प्रविधिअन्तर्गत गाउँघरमा आजभोलि आधुनिक मेसिनको प्रयोगसँगै जिल्लामा तोरी र चिउरी पेल्नका लागि प्रयोग गरिँदै आएका परम्परागत काठेकोल लोप हुँदै गएका छन्।   केही वर्ष अघिसम्म गाउँघरमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठेकोल यति बेला विभिन्न प्रविधिको विकाससँगै लोप हुँदै गएका छन्। जिल्लाका बडागाउँ, पौदी अमराई, दिगाम, हस्तीचौर बलीथुमलगायत गाविसमा कृषकले काठेकोलको प्रयोग गर्ने…

    विस्तृतमा पढ्नुस्

  • नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा

    सप्तरी (राजविराज) : विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ। कार्यालय प्रमुख मनिष दासका अनुसार राजविराजस्थित गरगहना पसलमा आज अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन पसलका नापतौलमा कमी गरेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गरिएको हो।   कारबाहीमा परेका राजविराज–१ माँ भगवती ज्वेलर्स, श्री गणेश ज्वेलर्स, न्यू जगदम्बा…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटका एक प्रधानाध्यापकले २१ लाख हिनामिना गरेको आरोप

    कालीकोट : जिल्लाको पञ्चकोट आधारभूत विद्यालय फुकोटका प्रधानाध्यापकले छ वर्षको रु २१ लाख ४१ हजार ६१४ हिनामिना गरेको रहस्य खुलेको छ।   स्थानीय अभिभावकले विद्यालयका बारेमा पटकपटक हिसाबकिताब माग गरेपछि अटेर गरेका निवर्तमान प्रधानाध्यापक चन्दाखर सञ्ज्यालले विगत २०६६ सालदेखि ०७२ सम्मको विद्यालयको छात्रवृत्ति, दिवा खाजा, निजी स्रोतका शिक्षकको तलब, महिला तथा दलित छात्रवृत्तिलगायतको रकम हिनामिना गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • युनाइटेड मोदी हाइड्रोपावरको १७ लाख कित्ता साधारण सेयर आउँदै

    काठमाडौँ : युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ।   धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो। यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ। बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो।   आयोजनाले आयोजना प्रभावितलाई ११ लाख ५० हजार कित्ता…

    विस्तृतमा पढ्नुस्

  • सरकारी निरीक्षण र अनुगमनपछि चमेलिया जलविद्युत् आयोजनाले गति लियो

    रमेश लम्साल  काठमाडौँ : लामो समयदेखि विवाद र समस्यामा फसेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले स्थलगत निरीक्षण गरी आयोजनाको काम तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो। आयोजना सन् २०१७ को अन्त्यमा सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • नक्सा माग्दा नापी कार्यालयका कर्मचारीले सेवाग्राही कुटे

    महेन्द्रनगर (धनुषा) : धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन्। जनकपुरको श्याम चोक निवासी ललन शाह र उनका छोरा अमित शाहलाई कर्मचारीले कुटपिट गरेका हुन्। नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन शाहलाई कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपिट गरेको पीडित शाहको आरोप छ।…

    विस्तृतमा पढ्नुस्

  • सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

    काठमाडौँ : नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ।   आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।   सगुनले ‘ग’ श्रेणीको आठ…

    विस्तृतमा पढ्नुस्

  • अल्ट्रा धावक पण्डित सम्मानित

    काठमाडौँ : नेपाल पर्यटन बोर्डले अल्ट्रा धावक सञ्जय पण्डितलाई २ लाख ७५ हजारसहित सम्मान गरेको छ। हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मासिफ आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही पण्डितलाई बोर्डले कदरस्वरुप सम्मान गरेको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी तथा बोर्डका सदस्य कृष्ण अर्यालले उक्त रकम बराबरको चेक र सम्मानपत्र उनलाई प्रदान गरे। नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा साहसिक हिमाल आरोहणको…

    विस्तृतमा पढ्नुस्

  • छ महिनामा व्यापारघाटा ७१ प्रतिशतले बढ्यो

    काठमाडौँ : चालु आव २०७३/७४ को पहिलो छ महिनाको अवधिमा निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७१.३ प्रतिशतले वृद्धि भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कानुसार चालु आवको समीक्षा अवधिमा व्यापार घाटा चार खर्ब २९ अर्ब ७३ करोड पुगेको छ। गत आव २०७२/७३ को प्रथम छ महिनाका अवधिमा व्यापारघाटा २६…

    विस्तृतमा पढ्नुस्

  • नगरपालिकाहरु मिलेर यातायात कम्पनी सञ्चालन गर्ने

    काठमाडौँ : काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम् काठमाडौँ महानगरपालिकाको नेतृत्वमा उपत्यकाका २२ नगरपालिकाले सेयर राखी कम्पनी स्थापना गर्न लागेका हुन्। रु १० करोड सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा परी गम्भीर घाइते भएका अनेरास्ववियुका केन्द्रीय सदस्यको मृत्यु

    खोटाङ : मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको उपचारका क्रममा आज मृत्यु भएको छ। काठमाडौँबाट जन्मस्थान खोटाङ आउने क्रममा मङ्गलबार बिहान दुर्घटनामा परेका राईको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो। सङ्गठनका काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ। दुर्घटनालगत्तै बेहोस बनेका राईको काठमाडौँस्थित न्युरो अस्पताल पुर्‍याएर सघन उपचार कक्षमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • कब्जा गरेर बसेका सुकुम्बासीलाई प्रधानमन्त्रीले दिए लालपूर्जा

    कब्जा गरेर बसेका सुकुम्बासीलाई प्रधानमन्त्रीले दिए लालपूर्जा

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीको समस्या दिगो र स्थायी हुने गरी छिट्टै समाधान गरिने बताएका छन्। नेकपा (माओवादी केन्द्र) चितवनले आज भरतपुर उपमहानगरपालिका– १७ को माडेचौरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी व्यवस्थापनका लागि नीति र कार्यक्रम मन्त्रिपरिषद्बाट छिट्टै पारित गरिने बताए। आफू पहिलोपटक प्रधानमन्त्री हुँदा वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई बसिरहेको ठाउँबाट नहटाउने निर्णय गरेअनुरुप अहिले आ–आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ विश्वविद्यालयका विद्यार्थीद्वारा पढाइ सुचारुको माग

    काठमाडौँ : काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले विगत १७ दिनदेखि ठप्प रहेको पढाइ सुचारुको माग गरेका छन्। विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सतर्फका एक सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरिएको तालाबन्दीका कारण आफूहरुको पढाइमा असर परेको भन्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विश्वविद्यालयमा फार्मेसी द्वितीय वर्षमा अध्ययनरत पूजा भेटुवालले परीक्षा नजकिँदै गरेको अवस्थामा गरिएको तालाबन्दीका कारण आफूहरु पढ्न पाउने…

    विस्तृतमा पढ्नुस्

  • सिमसारमा डुबेर एक वृद्धको मृत्यु

    उर्लाबारी (मोरङ) : मोरङको उर्लाबारी–७ स्थित बेतेनी सिमसारमा डुबेर आज दिउँसो एक वृद्धको मृत्यु भएको छ।   मादक पदार्थ सेवन गरेर सिमसारको पोखरीमा पौडी खेल्न पसेका उर्लाबारी–७ कै ६३ वर्षीय वृद्ध रत्नबहादुर भण्डारीको मृत्यु भएको हो।   मृतक भण्डारीको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता

    काठमाडौँ : दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ। काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गरेका छन्। महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न प्रधानमन्त्रीसँग माग

    काठमाडौँ : मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी लागुऔषध तथा मदिरा दुर्व्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरेको छ।   प्रधानमन्त्री दाहालले दुर्व्यसन नियन्त्रणका लागि कार्ययोजनाले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै समाजले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताएको समाजका अध्यक्ष गङ्गाधर अधिकारीले जानकारी दिए।   अध्यक्ष अधिकारीले लागुऔषध तथा मदिरा दुर्व्यसनले महामारीको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा

    कांग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा

    काठमाडौँ : स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा व्यवस्थापिका-संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको 'प्रथम पुण्य स्मृति दिवस'का अवसरमा आज आयोजित कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरुले स्थानीय तहको व्यवस्थापन गर्न समय लाग्ने भएकाले पुरानै निकायको भए पनि…

    विस्तृतमा पढ्नुस्

  • धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

    उर्लाबारी (मोरङ) : मोरङको सिजुवामा आज दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। दिउँसो १२:३० बजेतिर सिजुवा–६ स्थित मुसहर बस्तीका २६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए। हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रङ्गेली अस्पतालमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell