PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अल्ट्रा धावक पण्डित सम्मानित



रासस

काठमाडौँ : नेपाल पर्यटन बोर्डले अल्ट्रा धावक सञ्जय पण्डितलाई २ लाख ७५ हजारसहित सम्मान गरेको छ।

हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मासिफ आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही पण्डितलाई बोर्डले कदरस्वरुप सम्मान गरेको हो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी तथा बोर्डका सदस्य कृष्ण अर्यालले उक्त रकम बराबरको चेक र सम्मानपत्र उनलाई प्रदान गरे। नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा साहसिक हिमाल आरोहणको माध्यमबाट चिनाउन भूमिका खेलेकाले पण्डितललाई सम्मान गरिएको बोर्डले जनाएको छ।

सञ्जयले सगरमाथा मनास्लुसहित विश्वका ११ विश्व शिखर सफलतापूर्वक आरोहण गरेका छन्। उनले अफ्रिकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गरेका थिए।
 
त्यस्तै, पण्डित उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन्, उनले अन्टार्टिकाकै अर्को चर्चित पर्वत माउन्ट रजम्यान पनि सफलतापूर्वक आरोहण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell