PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या



रासस

उर्लाबारी (मोरङ) : मोरङको सिजुवामा आज दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन्।

दिउँसो १२:३० बजेतिर सिजुवा६ स्थित मुसहर बस्तीका २६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए।

हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रङ्गेली अस्पतालमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए।

घटनालगत्तै श्रीमानले पनि विषादी सेवन गरेका थिए। उनको अहिले कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell