म्याग्दी : भूकम्पले भत्किएको म्याग्दीको भगवती–३ मा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुननिर्माणका लागि २५ लाख आर्थिक सहयोग जुटेको छ। २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको विद्यालयको दुई कोठे भवन पुननिर्माणका लागि समुदाय, प्रवासी र सरकारी निकायबाट सो सहयोग जुटेको विद्यालयका प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठले जानकारी दिए। जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु १३ लाख ५० हजार…
जनकपुरधाम : स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियानअन्तर्गत यहाँ घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ। राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास परिसरमा सुरु गरिएको सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ। शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइनेछ। केन्द्रका योगगुरु विनय…
जुम्ला : यही माघ २५ गतेदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको पदाधिकारी विवादले जिल्ला अधिवेशन लम्बिएको छ। अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भए पनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले जानकारी दिए। राप्रपाको पहिलो एकता अधिवेशनले माघ २५ गतेदेखि सहमतिका लागि गरेको प्रयासमा…
दाङ : संविधानविद् नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताएका छन्। उनले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले आज शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बताए। उनले सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने धारणा राखे। संविधान जारी गर्दा एक भएका…
काठमाडौँ : स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिनदेखि आन्दोलन गर्दै आएका छन्। स्वास्थ्य ऐन कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्स्ती गरिएको भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयलाई दबाब लिनका लागि आन्दोलनमा उत्रेका हुन्। स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन गराउन स्वास्थ्य सेवामा क्रियाशील टे«ड युनियनहरु संयुक्त समन्वय समितिमार्फत दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। हाल जारी स्वास्थ्य मन्त्रालय केन्द्रित धर्नालाई सशक्त…
लहान : सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बिमा गरिएको छ। बिमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जिल्लाका १११ पशुपालक किसानले आफ्ना पशु तथा चारजना पोल्ट्री फार्म सञ्चालकले कुखुराको बिमा गराएका जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा= काशीनाथ यादवले जानकारी दिए। पशुतर्फ १९९ गाई, ४० वटा भैँसी, २०४…
शेरबहादुर सिंह भीमदत्तनगर : कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन) लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्याए। मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन्। अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्थामार्फत माइती नेपाल कञ्चनपुरलाई बुझायो। रामवतीजस्तै यहाँका अन्य चेली पनि यसरी नै पश्चिमी नाका…
काठमाडौँ : महिला उद्यमी महासघङ्घले आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नेभएको छ। महासङ्घले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको महासङ्घका उपाध्यक्ष शारदा रिजालले जानकारी दिए। मेलामा हस्तकला, पहिरनका सामान, कृषि उत्पादन, शैक्षिक सामग्री प्रदर्शनीमा राखिनेछ। महिला उद्यमीको श्रम,…
काठमाडौँ : निर्माण सामग्रीसम्बन्धी जानकारी दिने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय निर्माण सामग्री प्रदर्शनी आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। फागुन १ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी निर्माण सामग्रीका कक्ष प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीमा हेभी इक्विपमेन्ट पनि राखिएको छ। प्रदर्शनीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ठूला पुल र सडक निर्माणमा हेभी इक्विपमेन्टको प्रयोग हुन नसकी दुई…
भक्तपुर : सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ। करिब पाँच लाख बराबरको चार किलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए। त्यसैगरी सूर्यविनायक नगरपालिका–१२ चितापोल देउजा गाउँका ३६ वर्षीय राम देउजाको शव सोही नगरपालिकाको नलिन्चोक जोरपाटीस्थित एउटा खेतमा भेटिएको पनि उनले बताए।
सल्यान : जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव हुँदा सरसफाइमा समेत समस्या देखिएको छ। दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालको शौचालयसमेत दुर्गन्धित भएको छ। हप्तामा एक-दुईपटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा. मनिषा रावलले जानकारी दिइन्। अस्पतालजस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति…
राजविराज : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ। बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए। उनी मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा कार्यरत थिए। उनको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको बताइएको छ। यसअघि १० दिन अगाडि सप्तरीकै एक व्यक्तिको पनि साउदीअरबमा मृत्यु…
भक्तपुर : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधवनारायण मेला एवम् व्रत आजबाट सम्पन्न भएको छ। नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजबाट सम्पन्न भएको हो। नेसं ७२२ मा रणजित मल्ल आफैले व्रतको व्यवस्थापन गरिएका सिलालेखमा उल्लेख गरिएको जानकारी दिँदै पूजारी चिरञ्जनराज राजोपाध्यायले…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन्। प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले आज पारित गरेको सो कार्यालयले जनाएको छ। उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जानकारी दिए।
काठमाडौँ : ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ। ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो। मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र सोही आयोजनाको अध्ययन गर्दा साधन, स्रोत र…
काठमाडौँ : उच्च माध्यमिक विद्यायल सङ्घ नेपाल (हिसान)को आयोजनामा सुरु भएको ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ आज काठमाडौँमा सम्पन्न भएको छ। ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नाराका साथ माघ १६ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, कविता, वक्तृत्वकला र टङ अफ वारलगायतमा प्रतिस्पर्धा भएको थियो। समापन कार्यक्रममा हिसानका पूर्वअध्यक्ष एवम् सांसद उमेश श्रेष्ठले खेलकुदले…
काठमाडौँ : गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ। स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका रुपमा लिइन्छ। नेपालमा सन् २०१४ मा करिब तीन लाख २३ हजार गर्भपतन भएकामा ४२ प्रतिशतले मात्र स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट गर्भपतन सेवा लिएको एक अध्ययनले देखाएको…
बनेपा : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विश्वभर तीव्र गतिमा विकास भइरहेको सूचना प्रविधिलाई विकासका हरेक कार्यमा जोड्नुपर्ने बताएका छन्। सूचना तथा सञ्चार मन्त्रालयद्वारा आजदेखि धुलिखेलमा सुरु भएको दुई दिवसीय ‘सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी अन्तक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै उनले भने, 'नेपाली जनता नै ज्ञान र सूचनाले सुसज्जित भएपछि मात्र विकास हुने भएकाले त्यसतर्फ सबैको ध्यान पुग्नुपर्छ।' सञ्चारमन्त्री कार्कीले दूरसञ्चारका क्षेत्रमा…
पोखरा : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका बारेमा अध्ययन अवलोकन गर्न इच्छुक जो कोहीलाई पनि सुविधा पु¥याउने उद्देश्यले यहाँ पुष्पलाल अध्ययन केन्द्र भवन निर्माण गरिने भएको छ। पोखरा उपमहानगरपालिका–२३ फेदीपाटनमा संस्थाले खरिद गरेको छ आना जग्गामा रु एक करोड २२ लाखको लागतमा सुविधा सम्पन्न पक्की भवन बनाइनेछ। नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् प्रदेश नं ४ का संयोजक किरण…
काठमाडौं : सरकारले गर्न लागेको स्थानीय निर्वाचनमा स्वदेशमै बनेको नेपाली मतदान यन्त्र (भोटिङ मेसिन)लाई प्रयोग गर्न विज्ञहरुले सुझाएका छन्। राष्ट्रिय आविष्कार केन्द्रलगायत संघ–संस्थाले स्वदेशमा वैज्ञानिक उत्पादन गरी विज्ञान तथा प्रविधिको विकास गर्नका लागि देशभित्र निर्माण गरिएका त्यस्ता मेसिनको उपयोग गर्नुपर्ने सुझाव दिएका हुन्। निर्वाचन आयोगले सो विषयमा ती यन्त्र विदेशी कम्पनीबाट ल्याउने तयारी गरेपछि वैज्ञानिकले सो माग गरेका हुन्। राष्ट्रिय…