PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

घर-घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु



रासस

जनकपुरधाम : स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियानअन्तर्गत यहाँ घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ।
 
राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास परिसरमा सुरु गरिएको सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ। शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइनेछ।

केन्द्रका योगगुरु विनय भाइका अनुसार शिविरमा आमाबुबाको दिव्य पूजन गर्ने कार्यक्रम पनि रहेको छ। आमाबुबाको दिव्यपूजन समारोहमा आमाबुबालाई छोराछोरीद्वारा पूजा गराई आफ्नो संस्कृति, संस्कार एवम् जीवनशैलीको पहिचानमा वृद्धि गराइने बताइन्छ।
 
आगामी फागुन ३ गते हुने आमाबुबा पूजन समारोहमा दुईसय ५१ आमाबुबालाई पूजा गराइने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell