PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला फागुन ३ देखि



रासस

काठमाडौँ : महिला उद्यमी महासघङ्घले आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नेभएको छ।
 
महासङ्घले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको महासङ्घका उपाध्यक्ष शारदा रिजालले जानकारी दिए।
 
मेलामा हस्तकला, पहिरनका सामान, कृषि उत्पादन, शैक्षिक सामग्री प्रदर्शनीमा राखिनेछ। महिला उद्यमीको श्रम, सीप र लगानीको पहिचान स्थापना गर्न मेलाले सहयोग पुर्‍याउने विश्वास लिइएको महासङ्घकी महासचिव शोभा ज्ञवालीले बताइन्।
 
एक सय ५० भन्दा बढी व्यापार कक्ष राखिने सो मेलामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) तथा युरोपेली मुलुकका गरी ५० जनाभन्दा बढी महिला उद्यमीको सहभागिता रहनेछ। भद्रकालिस्थित आर्मी अफिसर क्लबमा गरिने मेलामा करिब एक लाख व्यक्तिले अवलोकन गर्ने तथा रु पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ। अवलोकन गर्न रु ५० शुल्क तिर्नुपर्ने महासङ्घले जनाएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारमा प्रवर्द्धन गर्न मेलाबाट सहयोग पुग्ने विश्वास लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell