PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सहमतिका आधारमा संविधान कार्यान्वयन गर्नुपर्छ : संविधानविद् आचार्य



रासस

सहमतिका आधारमा संविधान कार्यान्वयन गर्नुपर्छ : संविधानविद् आचार्य

दाङ : संविधानविद् नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताएका छन्।
 
उनले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले आज शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बताए।
 
उनले सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने धारणा राखे। संविधान जारी गर्दा एक भएका दलले संविधान कार्यान्वयन गर्दा पनि एक हुनुपर्ने उनको भनाइ थियो।
 
'सरकारले कुनै पार्टी विशेषलाई दोष लगाएर उम्कन मिल्दैन चुनाव गराउने काम सरकारको हो, जसरी भए पनि चुनाव गराउनुपर्छु', संविधानविद् आचार्यले भने।
 
उनले हाल रुपान्तरित संसद्ले दीर्घकालीन प्रभाव पार्ने महत्त्वपूर्ण निर्णय गर्न नमिल्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell