PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

    वालिङ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाईअन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ। कृषि विकास मन्त्रालयअन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएको हो। 'स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ' प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भने,…

    विस्तृतमा पढ्नुस्

  • चमेलिया परियोजना केही महिनाभित्रै सञ्चालनमा, पश्चिम सेतीको काम अघि बढाउन ऊर्जाको पहल

    भीमदत्तनगर : ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताएका छन्।   प्रेस सेन्टर कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिए।  'पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हुँदैछ,' मन्त्री शर्माले भने, 'जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर…

    विस्तृतमा पढ्नुस्

  • कोसीटप्पु र जावलाखेलबाट ल्याइएको १५ अर्ना चितवन निकुञ्जमा छाडियो

    रत्ननगर (चितवन) : कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न भएको छ।   चितवन राष्ट्रिय निकुञ्जकाअनुसार पहिलो चरणमा कोसीबाट १२ वटा र जावलाखेलको चिडियाघरबाट तीन गरी १५ वटा अर्ना ल्याएर छाडिएपछि पहिलो चरणको अर्ना ल्याउने काम सम्पन्न भएको हो। निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले पहिलो चरणको काम सकिएको र थप…

    विस्तृतमा पढ्नुस्

  • सिमेन्ट लिएर हिँडेको ट्र्याक्टर दुर्घटना, चालकको ज्यान गयो

    रुकुम : रुकुममा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा रा १ त १०८२ नं को ट्र्याक्टरका चालक दाङ धनौली गाविसका ४४ वर्षीय सुकराम चौधरी रहेका छन्। मुसिकोट नगरपालिका–५ सोलवाङबाट सिमेन्ट लिएर राडी बजार जाँदै गरेको ट्र्याक्टर मग्मा–५ बास्तालामा दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए।   ट्र्याक्टर सडकबाट एक सय मिटर तल…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग जुट्दै, बुबाको स्मृतिमा केन्द्रलाई १८ हजार

    बेनी (म्याग्दी) : समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय लोकेश पुन मगरले आफ्ना बुबाको स्मृतिमा सामाजिक अभियानकर्मी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानलाई रु १७ हजार सात सय ७७ सहयोग गरेका छन्।   पिता धनसिंको स्मृतिमा म्याग्दीको बरङ्जा घर भई हाल बेनीमा बस्दै आएका लोकेशले केन्द्रलाई सो रकम सहयोग गरेका हुन्। राष्ट्रिय आविष्कार केन्द्रको योजनामा लागेका पुनका लागि यतिबेला देशविदेशबाट सहयोग…

    विस्तृतमा पढ्नुस्

  • झापामा ३१ दल दर्ता : पाँच लाख मतदातामा चार जना तेस्रोलिंगी

    बनियानी (झापा) : निर्वाचनका लागि जिल्लामा ३१ दल सूचीकृत भएका छन्।   त्यस्तै पाँच लाख तीन हजार १७३ जना मतदाताले नाम लेखाएको र जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। तिनमा दुई लाख ५३ हजार ३० महिला, दुई लाख ५० हजार एक सय ३९ पुरुष र चार तेस्रोलिङ्गी छन्।   कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत १३ हजार आठ…

    विस्तृतमा पढ्नुस्

  • सल्यान अस्पतालमै पानी छैन : शौचालय दुर्गन्धित, असर बिरामीलाई

    सल्यान : जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ। चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ।   दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ। हप्तामा एक-दुई पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय गौरवका आयोजनामा सरकार आफैं लागिपर्छ : प्रधानमन्त्री

    राष्ट्रिय गौरवका आयोजनामा सरकार आफैं लागिपर्छ : प्रधानमन्त्री

    वीरगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन्।   राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे बाराको निजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताए।   आफ्नो भारत भ्रमणका बेला भारतीय…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पतालमा तनाव, चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आफन्तको आरोप

    रत्ननगर (चितवन) : चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आज अस्पतालमा तनाव सिर्जना भएको छ।   अस्पताल र चिकित्सकको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव भएको हो। अहिले सो विषयमा छलफल भइरहेको छ। सम्भावित घटना हुन सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए।   प्रहरीका अनुसार गोरखा ११ किलोका विष्णु…

    विस्तृतमा पढ्नुस्

  • महेन्द्रको 'कु'पछि हत्या गरिएका सहिदको सम्झनामा शिलान्यासको दुई दशकसम्म पनि बनेन उद्यान

    इलाम : शिलान्यास भएको दुई दशक बित्दासमेत इलामको माइपोखरीमा सहिद उद्यान बन्न सकेको छैन।   विभिन्न राजनीतिक दलका नेताले बारम्बार उद्यान निर्माण गर्ने भनेर स्थानीयलाई खोक्रो आश्वासन मात्र बाँड्ने गरेका छन्। उद्यानका नाममा बर्सेनि करोडौँ बजेट छुट्याएपनि उद्यान निर्माणले गति लिन सकेको छैन।   २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि कांग्रेस नेतृत्वमा प्रजातन्त्रका निम्ति सुरू भएको सशस्त्र सङ्घर्षमा प्राण…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत ऊर्जासचिवको संयुक्त बैठक, प्रसारणलाइन निर्माण र सञ्चालन प्रमुख एजेण्डा

    नेपाल-भारत ऊर्जासचिवको संयुक्त बैठक, प्रसारणलाइन निर्माण र सञ्चालन प्रमुख एजेण्डा

    काठमाडौँ : नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ।   दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्ने बारेमा छलफल हुने जनाइएको छ।   यस्तै…

    विस्तृतमा पढ्नुस्

  • जलको वास्तविक अवस्था बुझ्न नेपाली टोली भारत र बङ्गलादेशमा

    नवलपरासी : जलको वास्तविक अवस्था बुझ्न एक नेपाली टोली भारत हुँदै बङ्गलादेशको यात्रा सुरु गरेको छ। बाह्र सदस्यीय अनुगमन टोली भारत हुँदै बङ्गलादेशमा जान लागेको हो।   बुधबार यहाँबाट प्रस्थान गरेको टोली अहिले भारत पुगेको टोलीमा सहभागी जलअभियानकर्मी नारायण भण्डारीले जानकारी दिए। अन्तरदेशीय नदीमा जल सुशासनका लागि जल पदयात्रा दुई साताको रहने छ।   सो टोलीमा जल अभियानकर्मी, गण्डक पीडित…

    विस्तृतमा पढ्नुस्

  • ​एकमहिने स्वस्थानी मेला र कथावाचन आजबाट समापन हुँदै

    ​एकमहिने स्वस्थानी मेला र कथावाचन आजबाट समापन हुँदै

    काठमाडौँ : हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ।  व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको…

    विस्तृतमा पढ्नुस्

  • ​बैतडीमा ट्रक दुर्घटना एकको मृत्यु, दुई गम्भीर घाइते

    बैतडी : बैतडीमा ट्रक दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्।  मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए।  गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँझ पुग्दा बाटोमै ज्यान गएको हो। मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको…

    विस्तृतमा पढ्नुस्

  • ​कालोबजारीको आरोपमा पसल सञ्चालक पक्राउ

    राजविराज : सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन्।  राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा ९सिङ्गडा० लाई ताजा राम्रो समोसा हो भनी बेचबिखन गर्ने ४२ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।  पसलमा सडेगलेको समोसा खरिद गरी खाने स्थानीय मानिस…

    विस्तृतमा पढ्नुस्

  • हिमालय एयरलाइन्सको काठमाडौँ–क्वालालम्पुर सीधा उडान, करबाहेक २५ हजार तीन सय भाडा

    हिमालय एयरलाइन्सको काठमाडौँ–क्वालालम्पुर सीधा उडान, करबाहेक २५ हजार तीन सय भाडा

    काठमाडौँ : निजी क्षेत्रको विमान सेवा हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सीधा उडान सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरे। नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एयरबस–३२० विमानबाट उडान थालेको हो। आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एयरलाइन्सले जनाएको छ। क्वालालम्पुरको प्रथम उडानबाट…

    विस्तृतमा पढ्नुस्

  • खोटाङका सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

    खोटाङका सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

    खोटाङ : सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ।   दिक्तेलको पुरानो बेसक्याम्प र रत्नपार्कमा थ्रिजीसहितको जिएसएम मोबाइल टावर जडान गर्ने तयारी गरेको टेलिकमले यसै चालु आर्थिक वर्षभित्र जिल्लाका थप १४ स्थानमा पनि टेलिफोन टावर जडान गर्ने तयारी गरेको हो।   टेलिफोन टावर जडान गर्न भौतिक तथा प्राविधिक अध्ययन भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • लालीघाट–विमानस्थल सडक सम्पन्न गर्न कालीकोटवासीको माग

    काठमाडौँ : कालीकोट जिल्लाको लालीघाटदेखि विमानस्थल सम्मको बाटो तत्काल सम्पन्न गर्न माग गर्दै कालीकोटवासीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकसमक्ष बिहीबार ज्ञापनपत्र बुझाएका छन्।   नेपाली काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले माघ २९ गतेदेखि विमानस्थलमा जहाज सञ्चालन हुन लागेको र विमानस्थलबाट लालीघाटसम्म जाने मोटरबाटो नभएको भन्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरेका हुन्।   यस्तै, कालीकोटका…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा तत्काल औषधि अभाव छैन :जिल्ला अस्पताल

    इनरुवा : सुनसरीमा तत्काल औषधिको अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। विभिन्न जिल्लामा औषधि अभाव भएको विषयमा समाचार आइरहेको बेला कार्यालयले सुनसरीमा तत्काल औषधि अभाव नभएको जनाएको छ। कार्यालयले सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसम्मेलनको आयोजना गरी जिल्ला अस्पतालका साथै मातहतका कुनै पनि स्वास्थ्य संस्थामा औषधि अभाव नरहेको जनाएको छ। सरकारले निःशुल्क उपलब्ध गराउने भनिएका सबै औषधिको उपलब्धता नभए…

    विस्तृतमा पढ्नुस्

  • गायक जोहेबको ‘भ्यालेन्टाइन’ सार्वजनिक

    काठमाडौँ : ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलताप्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक गरेका छन्।   नेपाली गीत–सङ्गीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागिरहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले पप, आधुनिक ‘विल यू बी माई भ्यालेन्टाइन’ बोलको गीत सार्वजनिक गरेका हुन्।   उक्त गीतमा गायिका सुनिता दाहाल र जोहेबको युगल स्वर रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell