बनियानी (झापा) : निर्वाचनका लागि जिल्लामा ३१ दल सूचीकृत भएका छन्।
त्यस्तै पाँच लाख तीन हजार १७३ जना मतदाताले नाम लेखाएको र जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। तिनमा दुई लाख ५३ हजार ३० महिला, दुई लाख ५० हजार एक सय ३९ पुरुष र चार तेस्रोलिङ्गी छन्।
कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत १३ हजार आठ सय तीन मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए।