PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

सल्यान अस्पतालमै पानी छैन : शौचालय दुर्गन्धित, असर बिरामीलाई



रासस

सल्यान : जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ। चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ।
 
दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ। हप्तामा एक-दुई पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिइन्।
 
अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको डा रावलले बताइन्। 'अस्पतालमा अहिले दैनिकजसो शल्यक्रिया हुन्छ। शल्यक्रियापछि सरसफाइका लागि पनि धेरै पानी चाहिन्छ, अरु त के अहिले सबैलाई पिउने पानी समेत पुग्दैन', उनले भनिन्।
 
अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ। अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell