PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

लालीघाट–विमानस्थल सडक सम्पन्न गर्न कालीकोटवासीको माग



रासस

काठमाडौँ : कालीकोट जिल्लाको लालीघाटदेखि विमानस्थल सम्मको बाटो तत्काल सम्पन्न गर्न माग गर्दै कालीकोटवासीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकसमक्ष बिहीबार ज्ञापनपत्र बुझाएका छन्।
 
नेपाली काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले माघ २९ गतेदेखि विमानस्थलमा जहाज सञ्चालन हुन लागेको र विमानस्थलबाट लालीघाटसम्म जाने मोटरबाटो नभएको भन्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरेका हुन्।
 
यस्तै, कालीकोटका ३० वटै गाविसमा मोटरबाटो पु¥याउनुपर्ने, दैलेख–कालीकोट–जाजरकोट मोटरबाटोलाई उच्च प्राथमिकता दिनुपर्ने, कालीकोट जिल्लाका खोलामा पक्की पुल निर्माण गर्नुपर्ने माग गरेका छन्।
 
ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले कर्णालीको विकास निर्माणका लागि उच्च प्राथमिकता दिएको बताउँदै उनले सो सडक निर्माणका लागि सडक विभागलाई तत्काल निर्देशनसमेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell