बर्दिया (गुलरिया) : विपद् प्रतिकार्यका लागि जिल्ला रेडक्रस बर्दियाले रु २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ। जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गरे। बर्दियामा बाढीका बेला उद्वारका लागि रबड बोटको अभाव देखेर दातृनिकायलाई अनुरोधपछि युरेपियन कमिसनको सहयोगमा डिपेको– ८ अन्तर्गत…
कैलाली : कैलालीको त्रिनगर सीमानाकामा सशस्त्र प्रहरीको बेसक्याम्पको भवन निर्माण गर्न उपभोक्ता समितिले भारतबाट नेपाल फर्किरहेका व्यापारीबाट रकम असुलिरहेका छन्। सशस्त्र प्रहरीको बेसक्याम्प भवनको निर्माणका लागि रु २० लाख लाग्ने भन्दै समितिले नेपाली व्यापारीबाट रु १०० र रु ५० को रसिद दिएर रकम असुली गरिरहेको नेपाली व्यापारीले गुनासो गरेका छन्। नेपालीलाई आवतजावतमा सहज होस् भन्नाका लागि नै सशस्त्र प्रहरीको बेसक्याम्प…
काठमाडौँ : कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ। काठमाडौँमा आज आयोजित पत्रकार भेटघाटमा संस्थाका प्रतिनिधि रवि फुयालले व्यवसायलाई विस्तार गर्ने र सिर्जनात्मक विचारलाई बजारसम्म पुर्याउने अभिप्रायले काठमाडौँमा सो क्याम्प आयोजना गर्न लागेको बताए। बुट क्याम्प कृषि व्यवसायमा संलग्न व्यवसायी एवम् व्यवसायतर्फ आकर्षित उद्यमीका…
काठमाडौँ : बाराका १५ वर्षीय बाथ मुटुरोगी आर्यन अन्सारीको आज सहिद गङ्गालाल हृदय केन्द्रमा निःशुल्क शल्यक्रिया गरी मुटुको भल्ब फेरिएको छ। सरकारले आजैबाट १५ वर्षभन्दा माथि ७५ वर्ष मुनिका बाथ मुटुरोगीको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो। सो व्यवस्थाबमोजिम अन्सारीले शल्यक्रियालगायतका उपचार निःशुल्क पाउएका हुन्। स्वास्थ्य मन्त्री गगनकुमार थापाले गत माघ १५ गते सहिद गङ्गालाल हृदय…
काठमाडौँ : व्यवस्थापिका–संसद्को विधायन समितिले देवानी मुद्दाको कार्यविधिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ लाई आज पारित गरेको छ। समितिबाट आज पारित भएको उक्त विधेयकको नाम मुलुकी देवानी कार्यविधि संहिता रहेको छ। देवानी मुद्दा सम्बन्धमा छरिएर रहेका कानुनलाई एकीकरण गर्न बनेको उक्त विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनलाई समितिको बैठकले अनुमोदन गरेको हो। उक्त विधेयक तयार गर्ने विषयलाई समितिले दुई…
काठमाडौँ : पूर्व राष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई राजनीतिक दलहरुले संस्थागत गर्न नसकेको बताएका छन्। आज ‘टोटल’ राष्ट्रिय मासिक पत्रिकाको सार्वजनिक गर्दै उनले देशको परिवर्तन गर्न सबै दल एक ठाउँमा उभिए पनि त्यही परिवर्तनबाट प्राप्त उपलब्धिलाई भने संस्थागत गर्न दलहरु असमर्थ रहेका बताए। '२०१७ सालदेखि अहिलेसम्म तीनवटा परिवर्तन सबै दल र नेपाली समुदाय एक ठाउँमा उभिएर सम्भव भएको…
बर्दिवास : महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पु¥याउन होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गरेका छन्। होटल व्यवसायी गौतमले ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै पुण्य काममा थोरै सहभागिताले मिसिन आएको बताए। बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट रु ६५ लाख सहयोग प्राप्त भइसकेको छ। ‘सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर…
उर्लाबारी (मोरङ) : कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा गए राति मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्रयाक्टरसँग ठोक्किँदा एक युवकको मृत्यु भएको छ। विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को९प ८४५१ नंको मोटरसाइकल सडक किनारमा पार्किङ गरिराखेको को२त ३०७० नंको ट्रयाक्टरसँग ठोक्किँदा मोटरसाइकल चालक नाम, थर र वतन नखुलेका अन्दाजी ३०÷३२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले…
नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नयाँबेलाहानीमा आज बिहान यात्रुवाहक बस पल्टिँदा बसमा सवार छ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२७४ नंको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको थियो। काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, सुनसरी र सप्तरीका घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ। रासस
काठमाडौँ : त्रिवि यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक प्रा.डा. सुधा त्रिपाठीले जानकारी गराइन्। उनका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने…
प्रेमनारायण आचार्य अर्घाखाँची : विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमि ओझेलमा परेको छ। हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए। पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल मानिन्छ। यसै क्षेत्रमा आएर पाणिनि ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु…
सीताराम अधिकारी मलेखु (धादिङ) : महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो। उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए। प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ। गाउँमा अरुले राहत पाउँदा उनले पाएनन्। घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ। उनले गाविसमा गएर गुनासो टिपाए तर अझै पनि सहयोग पाउन नसकेकाले दुई वर्षदेखि सो छाप्रो उनीहरुको…
सल्लेरी (सोलुखुम्बु) : नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन। बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताए। खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो। उनी भन्छन्, 'संस्थानमा मन्सुली चामलको मूल्य प्रतिकेजी ४७…
खोटाङ : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ। सगरमाथा राजमार्गमा पर्ने गाईघाट–दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र सछितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो। जिल्ला विकास समिति, गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चार वर्ष लगाएर निर्माण गरिएको सडक सञ्चालनमा आएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए। फरक/फरक आर्थिक वर्षमा जिविसबाट प्राप्त रु…
कञ्चनपुर : कञ्चनपुरका स्थानीय निकायका कर्मचारी आज स्थानीय निकायको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन्। अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अघि सार्दै अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै स्थानीय निकायका कामकाज ठप्प पारी कार्यालय अगाडि धर्नामा बसेका छन्। कर्मचारी कामकाज ठप्प पारी धर्नामा बसेपछि स्थानीय निकायको कामकाज ठप्प…
धनगढी : नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट २३ लाख रुपैयाँ गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख रुपैयाँ गायब भएको भन्ने ठाडो उजुरी आज परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए। कुन प्रयोजनको रकम कसरी कहिले गायब भयो भन्ने विषयमा यर्थात जानकारी हुन सकेको…
रामपुर (पाल्पा) : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै आएको छ। नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत गत पुस ११ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो। पाल्पामा सात हजार नागरिकले स्वास्थ्य बिमा गरेका छन्। हालसम्मको तथ्याङ्कअनुसार दुई हजार ५४९ महिला र दुई हजार दुई सय चार पुरुषको विवरण जिल्ला जनस्वास्थ्य कार्यालयमा सङ्कलन भइसकेको र बाँकीको तथ्याङ्क पनि…
म्याग्दी (बेनी) : म्याग्दीका दुर्गम गाउँ बस्तीमा सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाको रूपमा लोकप्रियता कमाउन थालेका छन्। वन कार्यालयका अनुसार जिल्लामा गठन भएका दुई सय ५७ वटा सामुदायिक वन उपभोक्ता समूहले रु एक करोड, ८० लाख २० हजार ५६० को कोष खडा गरी विभिन्न क्षेत्रमा ऋण लगानी गरेको हो। सामुदायिक वन समूहले यस वर्ष आफ्नो आम्दानीको ६० प्रतिशतभन्दा…
चौतारा : सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस–९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकीकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन्। भूकम्पपछि लामो समयदेखि टहरामा बस्दै आएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकीकृत नमुना बस्ती बनाउन लागिएको हो। स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताइन्। 'हामीले…
बैतडी : बैतडीको तल्लासोराडमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट सेवा पाएपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकका साथै स्थानीय बासिन्दा खुसी भएका छन्। बैतडीको मेलौली गाविस– ८ खोचा निवासी ८० वर्षीया द्रौपती चन्दले जीवनको उत्तरार्धमा आफ्नै गाउँमा नागरिकता पाउँदा निकै खुसी लागेको बताइन्। द्रोपतीजस्तै आम्चोरा– ८ की रुक्मा चन्दले पनि ७८ वर्षको उमेरमा शिविरमा नागरिकता पाएपछि खुसी…