रोल्पा : अघिल्लो वर्षको प्रवेशिका परीक्षामा कमजोर नतिजा देखिएका ११ माविमा नतिजा सुधारका लागि यस वर्ष स्वयम्सेवक शिक्षक परिचालन गरिने भएको छ। रोल्पा जिल्ला शिक्षा समितिको हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो। कमजोर नतिजा ल्याउने विद्यालयमध्ये अधिकांशका अङ्ग्रेजी, गणित र विज्ञान विषय कमजोर देखिएकाले अब हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ती विषयको नतिजा सुधारका लागि यस्तो निर्णय गरिएको…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनका लागि तीन हजार तीन सय १५ प्रतिनिधि छनोट गरेको छ। पार्टीको स्थानीय तहदेखि गरिएको प्रतिनिधि छनोटका क्रममा देशभरबाट सो सङ्ख्यामा प्रतिनिधि छनोट भएका हुन्। काठमाडौँको भृकुटीमण्डपमा यही फागुन ६ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनका लागि करिब ३०० पर्यवेक्षक सहभागी हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए। पार्टीलाई धेरै लोकतान्त्रिक बनाउनका लागि…
अञ्जली थापा हेटौँडा : भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता बनाएका छैनन्। भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरु कसैले नागरिकता बनाएका छैनन्। २०६०/६१ सालमा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए। त्यसपछि यी दुवै गाउँमा कोही पनि महिलाले नागरिकता बनाएका छैनन्। २०६०/६१ मा त्यहाँका महिलालाई हेटौँडा ल्याएर नागरिकता…
काँकडभिट्टा (झापा) : जैन धर्मका सर्वोच्च गुरु आचार्य महाश्रमणजी अहिंसा यात्राका क्रममा आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका छन्। सद्भावना, नैतिकता र नशाबाट मुक्तिको सन्देश बोकेर सयौँ अनुयायीका साथ भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकाबाट बिहान ९:१५ बजे नेपाल प्रवेश गर्नुभएका आचार्य महाश्रमणजीलाई सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, सांसद रवीन कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालगायतले काँकडभिट्टामा औपचारिक स्वागत…
पोखरा : कास्कीमा यस वर्ष १४ करोड रुपैयाँको सुन्तला बिक्री भएको छ। जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिए। विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस…
कलैया : जिल्ला मूल्य निर्धारण समितिले आव २०७३/७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ। प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल रु दुई हजार ४०० तथा मकै प्रतिक्विन्टल रु दुई हजार ८०० निर्धारण गरेको छ। मोहीले यस वर्ष जग्गाधनीलाई बुझाउनुपर्ने कुत बालीबापतको निर्धारण मूल्यअनुसारको…
बैतडी : दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भइरहेको छ। विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना अन्तर्गत बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–झुलाघाट सडकखण्ड र महाकाली राजमार्ग अन्तर्गत…
जुम्ला : जिल्ला शिक्षा कार्यालयको निर्देशनमा यहाँका सामुदायिक विद्यालयले ले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन्। माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन्। भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल देखिन थालेको छ। खासगरी जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो अभियान सुरु भएको छ। माघ २५ गते सरोकारवालासँगको…
मुगु : मुगु जिल्ला सदरमुकाम गमगढीमा रहेको रारा बहुमुखी क्याम्पसले सोमबार साँझ विज्ञप्ति निकाल्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित गरेको बताएको छ। विद्यार्थी सङ्गठनले आफैँ सहमति गरेर पुनः सहमति तोड्दै गएको र क्याम्पसमा तनाव सिर्जना हुने अवस्था आएकाले चुनाव स्थगित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेपछि गत माघ…
मीना घोरसाइने काभ्रे : टुकुचा नाला– ७ घिमिरेगाउँकी सावित्री घिमिरे अहिले धुवाँको समस्याबाट मुक्त छिन्। दाउरा छाडेर ग्यासको प्रयोग गर्न थालेपछि उनले धुवाँको समस्याबाट मुक्ति पाएकी हुन्। 'धुवाँको समस्याले खाना पकाउन निकै सास्ती हुन्थ्यो, त्यही भएर ग्यास प्रयोग गर्न थालेकी हुँ,' उनले भनिन्। ग्यासको प्रयोग गर्न थालेपछि श्वासप्रश्वाशसम्बन्धी रोगबाट समेत मुक्ति पाइएको उनको भनाइ छ। ग्यासको प्रयोगबाट उनको समयको…
काठमाडौँ : सरकारले राष्ट्रिय जनसङ्ख्या परिषद्मा सातजना विज्ञ सदस्यलाई नियुक्ति गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न परिषद्को पहिलो बैठकले जनसङ्ख्यासम्बन्धी तथ्याङ्कलाई व्यवस्थित गर्न उनीहरुलाई नियुक्त गरिएको हो। नियुक्त हुने विज्ञ सदस्यमा प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. रामशरण पाठक, रोशना कार्की, डा. गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाल कर्ण रहेका छन्। बैठकले…
काठमाडौँ : निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानएको छ। जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आज संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह पुनःसंरचना बाँकी कामहरु र स्थानीय निर्वाचन’ विषयक अन्तर्क्रिया निर्वाचन आयोग सदस्य इला शर्माले निर्वाचन मिति फागुन ८ मा घोषणा…
काठमाडौँ : वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेकाले त्यस्तो स्वास्थ्य परीक्षण प्रक्रिया खारेज गर्न माग गरेको छ। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा समितिले एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परीक्षण खारेज गर्न आग्रह गरेको हो। समितिका संयोजक सीताराम रेग्मीले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्रणालीमा गाम्का नेपाल नामक संस्थाको एकाधिकार कायम…
दाङ : रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु गरेको छ। अस्पतालले दृष्टि प्रदा जाँच मेसिन खरिद गरी आजदेखि सेवा सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिए। ९० लाखको लागतमा तीनवटा उपकरण खरिद गरी सो अस्पताल र अन्तर्गतका लमही आँखा अस्पताल, बहादुरगन्ज आँखा अस्पतालमा उक्त सेवा सुरु गरेको अस्पतालले जनाएको छ। …
काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिताविना कुनै पनि राष्ट्रको समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन्। महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै उनले व्यापार व्यवसायमा महिलालाई अघि बढ्न धेरै चुनौती रहेको बताउँदै महिला उद्यमीका सवाल सम्बोधन गर्न सरकारलाई आग्रह गरे। नेपालको संविधानले महिला हकअधिकारका लागि धेरै प्रावधानको व्यवस्था…
काठमाडौँ : आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बृहत् अन्तर्राष्ट्रिय कृषि मेला हुने भएको छ। काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजरायल, बङ्गलादेश, जर्मनी, बेल्जियम, नेदरल्यान्डसहित १६ देशका २०० प्रदर्शनकर्ताले विभिन्न कक्ष समावेश गर्ने छन्। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग…
काठमाडौं : स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्रिपरिषद्मा सुझाव पेस गर्न गठित समितिले आज सप्तरीका सांसदसँग छलफल गरेको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा सहभागीले सरकारले समिति बनाएर आयोगको प्रतिवेदनबारे छलफल गरी सांसदसँग सुझाव लिनु सकारात्मक भएको बताएका थिए । छलफल मुख्यतः सप्तरीमा केही स्थानीय तहको संख्या थप गरेर जनताको…
पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको अध्यक्षमा जयलाल पुन निर्वाचित भएका छन्। पुन ८६ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नारायण गुरुङले ६७ मत पाएका थिए। निर्वाचन समितिले मतपरिणाम आइतबार घोषणा गरेको थियो। त्यस्तै २६ जनाको कार्य समितिमा मोतीमान शाक्य, धनमाया कोइराला, निरु थापा, ईश्वरी वैरागी, नेत्रबहादुर बस्नेत, फूलदेवी शाही, कृपा पौडेल, सूर्य वाँस्तोला, सुष्मा त्रिपाठी, विजुलीप्रसाद गुरुङ,…
रुकुम : रुकुमको चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालु आव २०७३/०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन्। बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालिएपछि दोस्रो किस्ता पाउने समयसम्म पनि लक्षित वर्गले गत साउनदेखिको भत्ता अहिलेसम्म पनि पाउन नसकेका हुन्। अघिल्लो वर्षतिर समयमै भत्ता पाउने गरेको भए पनि यो वर्ष भने समयमै भत्ता नपाएको चौरजहारी–७ का ७२…
रामपुर (पाल्पा) : जिल्ला निर्वाचन कार्यालय पाल्पामा हालसम्म एक लाख ७१ हजार ८२८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जसअन्तर्गत ८२ हजार ३७७ पुरुष र ८९ हजार ४५० जना महिला, एक जना तेस्रोलिङ्गी रहेका छन् । कार्यालयले यस आवमा दुई हजार १०९ पुरुष र एक हजार ५७१ महिला गरी जम्मा तीन हजार ६८० जनाको मतदाता नामावलीमा नाम दर्ता…