PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

जनसङ्ख्या परिषद्‍मा सात जना विज्ञ नियुक्त



रासस

काठमाडौँ : सरकारले राष्ट्रिय जनसङ्ख्या परिषद्मा सातजना विज्ञ सदस्यलाई नियुक्ति गरेको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न परिषद्को पहिलो बैठकले जनसङ्ख्यासम्बन्धी तथ्याङ्कलाई व्यवस्थित गर्न उनीहरुलाई नियुक्त गरिएको हो।
 
नियुक्त हुने विज्ञ सदस्यमा प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. रामशरण पाठक, रोशना कार्की, डा. गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाल कर्ण रहेका छन्।
 
बैठकले जनसङ्ख्यासम्बन्धी सम्पूर्ण तथ्याङ्कलाई सङ्घीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
 
उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थित र आधुनिक जीवनपद्दतिका लागि जनसङ्ख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताए।
 
उनले भने, 'जनसङ्ख्याको नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवनपद्दति कायम गर्न सकिन्छ। सङ्घीय संरचनाअनुसार जनसङ्ख्याको अभिलेखन र विद्युतीय अभिलेखीकरणमार्फत यसमा आधुनिक अभिलेखको व्यवस्था गरिनेछ।'
 
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीको उपस्थिति थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell